तेर्हथुममा महिलालाई जबरजस्ती गर्ने पक्राउ
SamacharDesk – समाचारडेस्क क्राइम रिपोर्टर | २०८० चैत्र १६, शुक्रबार

तेर्हथुममा एक ४५ वर्षीया महिलालाई जबरजस्ती गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् ।
जबरजस्ती गरेको अभियोगमा प्रहरीले म्याङलुङ नगरपालिका–१० सुसलिङ बस्ने २३ वर्षीय नरेश लिम्बुलाई बिहीबार पक्राउ गरेको हो ।
अनुसन्धानको क्रममा लिम्बुले ती महिलालाई सोही ठाउँस्थित बारीमा जबरजस्ती गरेको देखिएको प्रहरीले बताएको छ ।
घटनाको उजुरी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय तेर्हथुमबाट खटिएको प्रहरी टोलीले लिम्बुलाई पक्राउ गरेको हो ।
घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
Categorized in अपराध