arin enterprises

युगकवि सिद्धिचरण पुरस्कार प्रा.डा. ठाकुर र पत्रकार कार्कीलाई

SamacharDesk | २०८१ बैशाख ५, बुधबार

युगकवि सिद्धिचरण प्रतिष्ठानले युगकवि सिद्धिचरण पुरस्कार २०८१ प्राध्यापक डाक्टर उषा ठाकुरलाई प्रदान गर्ने भएको छ ।

प्रतिष्ठानका अध्यक्ष वैरागी काइँलाको अध्यक्षतामा बसेको बैठकले युगकवि सिद्धिचरण श्रेष्ठको १ सय १३औँ जन्मजयन्तीका अवसरमा आगामी जेठ ९ गते विशेष कार्यक्रमको आयोजना गरी सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

यसैगरी युगकवि सिद्धिचरण युवा पत्रकारिता पुरस्कार पत्रकार नवराज कार्कीलाई प्रदान गरिने भएको छ ।

प्रतिष्ठानले विज्ञप्ति जारी गर्दै तीनदशकदेखि युगकविका कृति र व्यक्तित्वका बारेमा अध्ययन तथा अनुसन्धान गरी देश विदेशमा सुयश फैलाउन विशिष्ट योगदान पुर्याए वापत प्रा. डा. ठाकुरलाई युगकवि सिद्धिचरण पुरस्कार २०८१ प्रदान गर्न लागिएको उल्लेख गरिएको छ ।

यस्तै लामो समयदेखि पत्रकारिता क्षेत्रमा अनवरत योगदान गरेवापत पत्रकार कार्कीलाई युगकवि सिद्धिचरण युवा पत्रकारिता पुरस्कार प्रदान गरिने भएको हो ।

पत्रकार कार्की ओखलढुंगा जिल्लामै रहेर डेढदशक अघिदेखि पत्रकारिता गर्दै आएका छन् ।

Categorized in पेजथ्री