arin enterprises

कामपा कार्यालय अब बिहान ९ बजेबाट सुरु हुने

SamacharDesk – बिराज | २०८१ बैशाख १५, शनिबार

काठमाडौँ महानगरपालिका (कामपा) को कार्यालय विहान ९ बजेदेखि सञ्चालन हुने भएको छ । सेवा सहजताका लागि भन्दै शुक्रबारबाट कामपाले विहान १ घण्टा अगाडिदेखि कार्यालय सञ्चालन थालेको हो ।

यो सेवा महानगरपालिकाका सबै विभाग, वडा, सचिवालय, आयोजनासमेतका कार्यालयको हकमा लागू हुने कामपाका प्रवक्ता साथै कामपा १७ वडाका वडाध्यक्ष नविन मानन्धरले बताए ।

थप समयमा काम गर्नका लागि ‘काठमाडौँ महानगरपालिका कर्मचारी सेवा सुविधा सम्बन्धी मापदण्ड २०८०’ नगर कार्यपालिकाबाट स्वीकृत गरी स्थानीय राजपत्रमा प्रकाशित भइसकेको छ ।

सेवाको गुणस्तरीयता र प्रभावकारिताका लागि अतिरिक्त समयमा समेत कार्य सम्पादन गर्न आवश्यक रहेकोले पदीय जिम्मेवारी वहन गर्न उपलब्ध गराउने स्रोत, साधन सम्बन्धी व्यवस्था मापदण्डले गरेको छ ।

बिहान १० बजेबाट सरकारी तथा निजी क्षेत्रका कार्यालयमा काम गर्ने कर्मचारीलाई यो व्यवस्थाले महानगरपालिकाबाट सेवा प्राप्त गर्न सहज हुने दावी महानगरपालिकाको छ ।

बिहान आफ्नो कार्यालय जानु पूर्व महानगरपालिका र अन्तर्गतका विभिन्न कार्यालयहरूबाट सेवा प्राप्त सजिलो होस भन्ने उद्देश्यले यो व्यवस्था कार्यान्वयन गरिएको प्रवक्ता मानन्धरको भनाइ छ ।

Categorized in स्थानीय