arin enterprises

काठमाडौंमा चित्रकला तथा मूर्तिकला प्रर्दशनी सुरु

SamacharDesk | २०८१ बैशाख २८, शुक्रबार

काठमाडौंमा चित्रकला तथा मूर्तिकला प्रर्दशनी सुरु भएको छ ।

काठमाडौं महानगरपालिकाको शिक्षामा सीप कार्यक्रम अन्तरगत काठमाडौंको नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा सो कलाकृतिहरुको प्रर्दशनी सुरु गरिएको हो ।

काठमाडौं महानगरपालिकाको संयोजन तथा सो प्रतिष्ठानको सहकार्यमा सुरु गरिएको सो प्रर्दशनीका शुक्रबार एक कार्यक्रममा बीच प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले उद्घाटन गर्नु भएको हो ।

शिक्षालाई सिपसँग जोडने काठमाडौं महानगरपालिकाको कार्यक्रम अन्तरगत सो प्रर्दशनी सुरु गरिएको प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्लेले जानकारी दिनु भयो ।

काठमाडौं महानगरपालिका भित्रका नौं वटा स्कुल सहभागी रहेको सो कलाकृति प्रर्दशनीमा करिव साँढे ११ सय चित्रकला तथा मूर्तिकला प्रर्दशनीमा राखिएका छन ।

३ दिनसम्म चल्ने सो प्रर्दशनीले शिक्षालाई सीपसँग जोडन महत्वपूर्ण भुमिका निर्वाह गर्ने विश्वास गरिएको छ ।

Categorized in स्थानीय