सरकार आफै संसदीय छानविन समिति गठन गर्न नखोजेको कांग्रेसको आरोप
SamacharDesk | २०८१ बैशाख २९, शनिबार
प्रतिपक्ष दल नेपाली काँग्रेसले सरकार आफै छानविन समिति गठन गर्न नचाहेको निष्कर्ष निकालेको छ ।
आज देउवा निवास बुढानीलकण्ठमा बसेको पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक सरकार आफै संसद चल्न नदिने र संसदीय छानविन समिति पनि बनाउन नदिनेतर्फ लागेको निष्कर्ष निकालेको छ ।
बैठकले अब आगामी वैशाख ३१ गते अपरान्ह १ बजे संसदमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्न संसदीय दलको बैठक बोलाउने निर्णय पनि गरेको छ ।
सरकारले संसद पनि चल्न नदिने र उपप्रधानमन्त्रीमाथि छानविनका लागि संसदीय समिति पनि बन्न नदिने रवैया बिरुद्ध कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न सोमवार पार्टी संसदीय दलको बैठक बोलाउने निर्णय गरिएको पार्टीका महामन्त्री गगनकुमार थापाले जानकारी दिनुभयो ।
बैठकमा नेताहरुले उपप्रधानमन्त्री लामिछानेको सहकारी ठगी प्रकरणको लागि छानविन समिति नबनेसम्म संसद बैठक चल्न नदिने अडान राखेका थिए ।
नेपाली काँग्रेसले शुक्रवार बसेको बैठकमा आफ्नो पार्टीलाई पेल्ने खालको भुमिका निर्वाह गरेको भन्दै सभामुख देवराज घिमिरेको पनि आलोचना गरेको छ ।
Categorized in राजनीति