महालक्ष्मी बैंकले मनायो ३०औं स्थापना दिवस
SamacharDesk – बिराज | २०८१ जेठ ६, आइतबार

महालक्ष्मी विकास बैंकले आफ्नो ३०औं स्थापना दिवस मनाएको छ ।
बैंक ३०औं वर्ष प्रवेश गरेको अवसरमा देशैभरका शाखा कार्यलयमा वित्तीय साक्षरता सहितको प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ ।
बैंक आउँदो जेठ ७ गतेदेखि ३०औं वर्षमा प्रवेश गर्दैछ ।
सो अवसरमा बैंकका प्रादेशिक कार्यालयहरू तथा शाखा कार्यालयका कर्मचारीहरूको सहभागितामा शनिबार बिहान वित्तीय साक्षरतासहितको प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको हो ।
बैंकको केन्द्रिय कार्यालय दरबारमार्गबाट सुरु भएको प्रभातफेरी महानगरीय प्रहरी वृत्त, दरबारमार्ग, महेन्द्र शालिक, घण्टाघर, रत्नपार्क, भद्रकाली, शहिद गेट, सुन्धारा, जमल हुँदै पुनः बैंकको केन्द्रिय कार्यालयमै पुगेको थियो ।
प्रभातफेरीमा मोवाईल बैंकिङ्ग, स्मार्ट क्युआर, निक्षेप, कर्जा, विप्रेषण आदिसँग सम्बन्धित बैंकिङ सेवाहरुको प्लेकार्डहरु प्रदर्शन गरिएको थियो ।
बैंकले २९ वर्षको दौरानमा ग्राहकवर्ग, शुभचिन्तक, नियामक निकाय एवमं शेयरधनीहरूबाट प्राप्त विश्वास, स्नेह, सद्भाव र मार्गनिर्देशनको लागि कृतज्ञता व्यक्त गरेको छ ।
साथै ग्राहकको सन्तुष्टि र संस्थागत सुशासन आत्मसात् गर्दै भविष्यमा अझ सरल, सहज र विश्वसनीय बैकिङ्ग सेवाको पहुँच सारा नेपाली जनतामा पु¥याउने प्रतिबद्धता पनि बैंकले व्यक्त गरेको छ ।
Categorized in बिजनेस