केरुङले गरे सगरमाथाको सफल आरोहण
SamacharDesk | २०८१ जेठ ६, आइतबार

पाँचथरको फालेलुङ गाउँपालिका–३ का ३३ वर्षीय उदय केरुङले सगरमाथाको सफल आरोहण गरेका छन् ।
उनले आइतबार बिहान ६ बजेर ८ सेकेन्ड जाँदा सगरमाथाको सफल आरोहण गरेका हुन् । उनी बिहीबार मध्यरात आधार शिविरबाट आरोहण दलका २२ जना सदस्यसँगै सगरमाथा चुचुरोतर्फ प्रस्थान गरेका थिए ।
यसअघि उनले ‘मेरा पिक’ र विश्वको आठौं अग्लो मनास्लु हिमालको सफल आरोहण गरिसकेका छन् ।
केरुङ यस पटक एट–के एक्सपिडिसन ट्रेकिङ कम्पनीमार्फत सगरमाथाको आरोहणमा गएका थिए । सगरमाथा आरोहण गर्ने केरुङ पाँचथरको फालेलुङ गाउँपालिकाको पहिलो र पाँचथर जिल्लाकै दोस्रो व्यक्ति हुन् ।
यसअघि पाँचथर मङजावुङका सुशील सेर्माले सगरमाथा आरोहण गरिसकेका छन् ।
Categorized in राष्ट्रिय