प्रथम काठमाडौं स्नुकर च्याम्पियनसिप हुने
SamacharDesk | २०८१ जेठ ८, मंगलबार
बिलियार्ड, स्नुकर एण्ड पुल एसोसिएसन अफ नेपालको आयोजनामा प्रथम काठमाडौं स्नुकर च्याम्पियनसिप हुने भएको छ ।
आगामी जेठ १९ देखि २९ गतेसम्म स्नुकर च्याम्पियनसिप हुन लागेको हो । संघले मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो ।
उक्त प्रतियोगिताका खेलहरू बानेश्वरस्थित एभरेस्ट होटलमा हुने संघले जनाएको छ । प्रतियोगितामा १६ क्लबका २५६ खेलाडीले प्रतिस्पर्धा गर्ने जनाएको छ ।
संघले यो प्रतियोगिताबाट खेलाडीको प्रतिभालाई राष्ट्रिय स्तरसम्म उजागार गर्न मुख्य उद्देश्य रहेको विश्वास व्यक्त गरेको छ ।
यस प्रतियोगिताको विजेताले दुई लाख ५१ हजार, उपविजेताले एक लाख हजार, सेमिफाइनलमा पुग्ने खेलाडीले ५० हजार रुपैयाँ, क्वार्टरफाइनलमा पुग्ने खेलाडीले १० हजार, प्रिक्वार्टरफाइनलमा पुग्ने खेलाडीले ५ हजार तथा उत्कृष्ट र उदीयमान खेलाडीले १५ हजार रुपैयाँ पाउने भएका छन् ।
हाइजेस्ट ब्रेक (१४७) ले ७५ हजार रुपैयाँ र सेन्चुरी ब्रेकर (१००) ले ५० हजार पाउने संघले जानकारी दिएको छ ।
काठमाडौं महानगरपालिकाको सहयोगमा यो प्रतियोगिता हुन लागेको हो ।
Categorized in स्पाेर्ट्स