arin enterprises

एटलान्टाले जित्यो युरोपा लिगको उपाधी

SamacharDesk | २०८१ जेठ १०, बिहिबार

यस वर्षको युरोपा लिग फुटबलको उपाधि एटलान्टाले जितेको छ ।

आयरल्याण्डमा गएराति भएको फाइनल खेलमा जर्मनीको बायर लिभरकुजेनलाई ३–० ले हराउँदै इटालीको एटलान्टाले उपाधि जितेको हो ।

खेलमा एटलान्टालाई विजयी गराउन नाइजेरियन खेलाडी एडेमोला लुकम्यानले ह्याट्रिक गरे ।

जितसँगै एटलान्टाले ६१ वर्षको इतिहासमा पहिलो पटक युरोपियन उपाधि जित्दा पराजित टोली लिभरकुजेनको सपना भने टुटेको छ ।

यो सिजनभर ५१ खेलमा अपराजित रहेको लिभरकुजेन अन्तिम खेलमा भने पराजित हुनपुग्यो ।

एटलान्टाले यसअघि सन् १९६३ मा कोपा इटालीया जितेको थियो ।

Categorized in स्पाेर्ट्स