आइपीएल २०२४ को च्याम्पियन कोलकता नाइट राइडर्स
SamacharDesk | २०८१ जेठ १४, सोमबार

इण्डियन प्रिमियर लिग (आइपिएल)को आइतबार भएको फाइनल खेलमा कोलकाता नाइट राइडर्सले यस वर्षको उपाधि जितेको छ ।
सनराई हैदरावादलाई आठ विकेटले हराएर यस वर्षको आइपिएल उपाधि नाइट राइडर्सले उचाल्न सफल भएको हो । कोलकाताले तेस्रो पटक आइपिएलको उपाधि जितेको हो ।
कोलकाता सन् २०१२ र २०१४ मा पनि च्याम्पियन बनेको थियो । सन् २०१६ को च्याम्पियन सनराइजर्स हैदरावादले भने दोस्रो उपाधि जित्न सकेन । खेलमा टस जितेर पहिले ब्याटिङ गरेको हैदरावादले १८ ओभर ३ बलमा अलआउट हुनुपूर्व १ सय १३ रन मात्रै बनाउन सक्यो ।
उसका लागि कप्तान प्याट कुमिन्सले सर्वाधिक २४ रन बनाए । आईपीएलको इतिहासमा फाइनल खेलमा बनेको यो नै अहिलेसम्मको सबैभन्दा सानो योगफल हो । हैदरावादलाई सस्तैमा समेट्न कोलकाताका आन्द्रे रसेलले तिन विकेट लिए ।
जवाफमा १ सय १४ रनको सामान्य लक्ष्य कोलकाताले १० ओभर ३ बलमा दुई विकेट गुमाएर पूरा ग¥यो । कोलकाताको जितमा वेन्कटेस ऐयरले सर्वाधिक अविजित ५२ रन बनाए ।
हैदराबादका प्याट कुमिन्स र सहबाज अहमेदले समान एक एक विकेट लिए । दुई महिना चलेको प्रतियोगिताको समूह चरणमा मात्र तीन खेल हारेर शीर्ष स्थान बनाएको कोलकाताले पहिलो क्वालिफायरमा हैदरावादलाई नै हराएर कोलकाता फाइनलमा पुगेको हो ।
कोलकाताले उपाधि जितेपछि ट्रफीसहित २० करोड भारतीय रुपियाँ हात पा¥यो । उपविजेता सनराइजर्स हैदरावादले १३ करोड भारतीय रुपियाँमा चित्त बुझायो ।
यसै गरी तेस्रो हुने राजस्थान रोयल्स सात करोड र चौथो हुने रोयल च्यालेन्जर्स बेङ्गलुरु ६।५ करोड भारतीय रुपियाँको हकदार बने ।
Categorized in स्पाेर्ट्स