दोषी डोनाल्ड
SamacharDesk | २०८१ जेठ १८, शुक्रबार

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई न्युयोर्क ट्रायल कोर्टले आपराधिक मुद्दामा दोषी ठहर गरेको छ।
आफ्नो व्यापारिक रेकर्डहरु किर्ते गरेको कसुरमा चलेका सबै ३४ वटा मुद्दामा ट्रम्प दोषी ठहर भएका हुन् । ट्रम्पलाई अब यही जुलाई ११ तारिखमा सजाँय सुनाइनेछ ।
ट्रम्पले सन् २०१६ को राष्ट्रपति चुनाव अघि पोर्नस्टार स्ट्रेमी ड्यानियल्सलाई लाखौँ डलर दिएर सम्बन्ध दबाउन खोजेको आरोपमा दोषी ठहर भएको हो ।
अमेरिकी इतिहासमा यस्तो मुद्दामा दोषी ठहर हुने ट्रम्प पहिलो राष्ट्रपति हुन् । १२ जना न्यायाधीशहरूले सर्वसम्मत निर्णयमा पुग्नु अघि दुई दिनसम्म छलफल गरेका थिए ।
ट्रम्पले प्रत्येक अपराधको लागि अधिकतम चार वर्षको जेल सजाय पाउनसक्ने कानुनी आधार छ । ट्रम्पले यो फैसलालाई अपमानजनक र राजनीतिक स्वार्थ पे्ररित भएको प्रतिक्रिया दिएका छन् ।
आगामि नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनको प्रचारमा व्यस्त रहेको बेला ट्रम्पको मुद्दामा अदाललते फैसला सुनाएको हो ।
अदालतले दोषी ठहर गरेपनि ट्रम्प नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनमा लड्न भने पाउनेछन् ।
Categorized in अन्तर्राष्ट्रिय