हेलम्बुवासीहरुको माग पूरा नगरेसम्म मेलम्चीको पानी नपठाउने चेतावनी
SamacharDesk | २०८१ जेठ २२, मंगलबार

मेलम्चीको पानी हेलम्बुवासीहरुको माग पूरा नगरेसम्म काठमाडौं नपठाउने चेतावनी दिएको छ ।
काठमाडौंमा मंगलबार आयोजित एक कार्यक्रममा हेलम्बु गाउँपालिकाकी उपाध्यक्ष अप्सरा लम्सालले आप्mनो मागहरु सरकारले पुरा नगरेसम्म मेलम्चीको पानी काठमाडौंमा नपठाउने चेतावनी दिएको हो ।
उहाँले काठमाडौंवासीले रित्तो गाग्री सडकमा देखाएपछि पानी पाउने हो भने हेलम्बु—मेलम्चीवासीहरुले पनि आप्mनो मागहरु पूरा नगरेसम्म पानी नपठाउने बताए ।
उहाँले स्थानीहरुले वर्षा याममा आफूहरुलाई आवतजावत, शिक्षा, स्वास्थ्यका लागि समस्या रहेको कुरा प्रदेश र संघ सरकारलाई बारम्बार भनेपनि सरकारले बेवास्ता गरिरहेको अरोप लगाउनु भयो ।
उहाँले बजेटमा नै सरकारले हेलम्बु—मेलम्चीवासीका माग सम्बोधनका लागि छुट्टै व्यवस्था गर्नुपर्ने बताउनु भयो ।
सरकारले बारम्बार हेलम्बुवासीका मागहरुको बेवास्ता गरिरहेको भन्दै माग सम्बोधन गरेपछि मात्रै त्यहाँको पानी काठमाडौं पठाउने अडान लिनुभयो ।
Categorized in राष्ट्रिय