बजेटप्रति प्रेम सुवालको टिप्पणी
SamacharDesk | २०८१ जेठ २२, मंगलबार

सरकारले ल्याएको आगामी बजेटमा प्रतिनिधिसभामा सांसदहरुबीच बजेट बहस चलिरहेको छ ।
आगामी बजेटबारे नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सरकारले स्थानीय तहलाई बजेट विनियोजन नगरेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ ।
मंगलवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीमाझ उहाँले सो कुरा बताउनुभएको हो ।
सांसद सुवालले स्थानीय तहमार्फत देशको बजेट ५० प्रतिशत विनियोजन गरेर विकास, निर्माणको काम गर्नुपर्नेमा सरकारले सोही अनुसारको बजेट स्थानीय तहलाई विनियोजन नगरेको बताउनु भयो ।
उहाँले संघ र प्रदेशले स्थानीय तहको अधिकारलाई हस्तक्षेप गर्न नमिल्ने बताउनु भयो ।
सांसद सुवालले स्थानीय तहको स्वायत्तता र विकेन्द्रीकरण भन्ने संवैधानिक व्यवस्था भएकाले त्यस अनुसार संघ र प्रदेश सरकारले स्थानीय तहसँग व्यवहार गर्नुपर्ने बताउनु भयो ।
Categorized in राजनीति