arin enterprises

चलचित्र ‘बाटो : रोड टु डेथ’को भव्य प्रिमियर

SamacharDesk | २०८१ जेठ ३१, बिहिबार

यही शुक्रवार रिलिज हुने नेपाली चलचित्र ‘बाटोस् रोड टु डेथ’को बुधवार साँझ भव्य प्रिमियर शो आयोजना गरिएको छ।

ललितपुरको पुलचोकस्थित लबिम मलमा रहेको क्यूएफएक्स सिनेमामा आयोजित प्रिमियरमा चलचित्रको टिम, सेलिब्रेटीहरू, शुभचिन्तकहरू तथा पत्रकारहरूको उपस्थिति थियो। नेपाली, तमिल, तेलुगु र हिन्दी गरी चार भाषामा बनेको यस चलचित्रका लेखक, सम्पादक तथा निर्देशक मदन थापाले प्रिमियरमा यो चलचित्र हेर्ने गति सबैले प्रशंसा गरेको बताए।

उनले यस्तै प्रशंसा नेपाली दर्शकहरूबाट पनि पाउनेछु भन्ने आशा आफूले लिएको बताए। चलचित्रका अभिनेता सुलक्षण भारतीले यो चलचित्रमा निर्देशकले एउटा नयाँ संसार निर्माण गरेको बताए।

उनले यस प्रकारको चलचित्र नेपालमा यसअघि नबनेको बताए। अर्का अभिनेता उत्पल झाले लामो समयको प्रतीक्षापछि चलचित्र रिलिज हुन लागेकोमा खुसी व्यक्त गरे। अभिनेत्री रक्षा थापाले यो चलचित्रमा एकदमै धेरै भावना जोडिएको बताइन्।

उनले ‘बाटो’ हेर्दा चलचित्र सकिएको थाहा नै नहुने बताइन्। अभिनेत्री मिथिला शर्माले यस चलचित्रमा आफूलाई अभिनयको लागि लिएकोमा निर्माता र निर्देशकलाई धन्यवाद दिइन्।

अहिलेसम्म नेपालमा बनेका चलचित्रहरू मध्ये बिलकुल फरक बनेको र यो चलचित्रले दर्शकलाई एउटा बाटोमा डोर्या उन सफल रहने प्रतिक्रिया प्रिमियर शो पछि प्रतिक्रिया दिँदै सहभागीले बताए।

प्राविधिक रूपमा अत्यन्त गहन तरिकाले काम भएको र हरेक कलाकारको काम उत्कृष्ट रहेको प्रिमियरमा सहभागीले जनाए।

काठमाडौं फिल्म्सको ब्यानरमा बनेको यस चलचित्रका निर्माता चन्दन झा हुन्। यसलाई दक्षिण भारतीय फिल्म उद्योगका छायाकार शरण ऋषिले छायाङ्कन गरेका छन्।

Categorized in पेजथ्री