arin enterprises

आज विश्व रक्तदाता दिवस

SamacharDesk | २०८१ आषाढ १, शुक्रबार

आज विश्व रक्तदाता दिवस ।

हरेक वर्ष १४ जुनमा विविध कार्यक्रमको आयोजना गरी विश्व रक्तदाता दिवस मनाउने गरिन्छ । सोही अनुसार आज ‘रक्तदान उत्सवको दुई दशक, सबै रक्तदाताहरुलाई धन्यवाद’ भन्ने मुल नारासहित विश्व रक्तदाता दिवस मनाइरहेको छ ।

मानव रगत समूह पत्ता लगाउने वैज्ञानिक कार्ल ल्याण्डस्टिनरको जन्मदिन १४ जुनको अवसर पारेर रक्तदाता दिवस मनाउँै आइरहेको छ । विश्व स्वास्थ्य संगठनको आह्वानमा सन् २००४ देखि योदिवस मनाउन सुरु गरिएको हो ।

यस दिवसलाई रक्तदान दिवस भनेर पनि मनाउने गरिन्छ । रक्तदान नै जीवनदान हो । केहि कुराहरु पैसा तिरेर पनि पाँईदैन्, पसलमा बेचिदैन अनि कतिकुराहरु बेलैमा नपाएमा मान्छेको जीवन जोखिममा पर्दछ ।

यिनै केहि कुराहरुमा पर्न आँउदछ रगत । हरेक मान्छेको शरीरमा नशा नशामा कुदिरहेको, हरेक तन्तुहरुमा आवश्यक कुराहरु पुर्याइरहेको, शरीरको तापक्रम सन्तुलन गरिरहेको अनि हाम्रो प्राणतत्वको रक्षा गरिरहेको, रगत एक अपरिहार्य कुरा हो ।

दुर्घटना वा शल्यक्रिया लगायतका समयमा रक्तदान आवश्यक पर्दछ । स्मरण गरौ कि आजको विश्वमा हामीहरु मध्य कोही पनि सुरक्षित छैनौ, हामीहरु सबैजना दुर्घटना वा रोगको शिकार हुनसक्दछौ र रगत हामीलाई या हाम्रा आफन्तलाई आवश्यक पर्नसक्दछ ।

यसै अवसरमा नेपाल रेडक्रस सोसाइटीले काठमाडौं रक्तदानका कार्यक्रम आयोजना गरेर विश्व रक्तदाता दिवस मनाएको छ ।

कार्यक्रमका बारेमा जानकारी दिँदै नेपाल रेडक्रस सोसाइटीका महामन्त्री भूपतिलाल श्रेष्ठले नेपाल रेडक्रस सोसाइटीले देशको करिव ११९ भन्दा बढी रक्तसञ्चार केन्द्रहरुमार्फत सेवा प्रदान गरिरहेको बताउनु भयो ।

उहाँले कानूनी, संवैधानिक, स्वास्थ्यका मौलिक विषय र अधिकारहरु राज्यको तर्फबाट सुनिश्चित गरिएअनुसार त्यसमा रेडक्रसले पनि सहयोग गरिरहेको बताउनु भयो ।

उहाँले स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारले रक्तसञ्चार सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाउन पहल गर्नुपर्ने बताउनु भयो । उहाँले रेडक्रसले आफ्ना श्रोत साधन पनि व्यवस्थित गर्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले रगतको सेवाका बारेमा राज्यले पनि दीर्घकालीन नीतिहरु निर्माण गर्न अपरिहार्य रहेको बताउनु भयो । उहाँले नेपाल रेडक्रस सोसाइटीले प्रदर्शनीमार्गस्थित रक्तसञ्चार सेवाहरु प्रदान गरिरहेको बताउनु भयो ।

स्थानीय, प्रदेश र केन्द्र सरकारले विश्व रक्तसञ्चार नीति आवश्यक परिमार्जन र व्यवस्थित गर्न आग्रह गर्नुभयो ।

Categorized in राष्ट्रिय