युरोकप फुटबल आजबाट सुरु
SamacharDesk | २०८१ आषाढ १, शुक्रबार

युरोकप फुटबलको सत्रौं संस्करण जर्मनीमा आज राती सुरु हुँदैछ ।
नेपाली समय अनुसार आज राती पौने एक बजे म्युनिखमा उद्घाटन खेल जर्मनी र स्कटल्याण्ड भिड्नेछन् । युरोकपमा सहभागि २४ टोलीलाई ६ समुहमा विभाजन गरिएको छ ।
समुह ‘ए’ मा जर्मनी, स्कटल्याण्ड, हंगेरी र स्विट्जरल्याण्ड छन्भने समुह ‘बि’ मा स्पेन, क्रोएसिया, इटाली र अल्बानिया रहेका छन् । समुह ‘सि’ मा इंग्ल्याण्ड, डेनमार्क, स्लोभेनिया र सर्विया, समुह डि मा फ्रान्स, नेदरल्याण्ड्स, पोल्याण्ड र अष्ट्रिया, समुह ई मा बेल्जीयम, युक्रेन, स्लोभाकिया र रोमानिया तथा समुह एफ मा पोर्चुगल, टर्की, चेक रिपब्लीक र जर्जिया रहेका छन् ।
जर्जियाले पहिलो पटक युरोकपमा सहभागिता जनाएको हो । जर्मनीले युरोकप फुटबल आयोजना गरेको यो तेस्रो पटक हो ।
अघिल्लो संस्करणको फाइनलमा इंग्ल्याण्डलाई टाई ब्रेकरमा हराउँदै इटालीले उपाधि जितेको थियो ।
Categorized in स्पाेर्ट्स