अफगानिस्तान २१ रनले विजयी
SamacharDesk | २०८१ आषाढ १०, आइतबार

वेष्ट इण्डिजमा जारी विश्वकप टि–ट्वेन्टी क्रिकेटको आज विहान भएको अफगानिस्तान र अष्ट्रेलियाबीचको खेलमा अफ्गानिस्तानले अष्ट्रेलियालाई २१ रनले हराएको छ ।
सेन्ट भिन्सेन्टको किंग्सटाउनमा आज बिहान भएको खेलमा टस हारेर पहिले व्याटिङ गरेको अफ्गानिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४८ रन जोड्यो ।
उसका लागि रहमानुल्लाह गुर्बाजले ६० रन तथा इब्राहिम जद्रानले ५१ रन जोडे । अष्ट्रेलियाका प्याट कुमिन्सले तिन विकेट लिए ।
जवाफमा १४९ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले १९ ओभर २ बलमा अलआउट हुनुपूर्व १२७ रन मात्रै जोड्न सक्यो ।
उसका लागि ग्लेन म्याक्सवेलले सर्वाधिक ५९ रन जोडेपनि टोलीलाई जिताउन सकेनन् । अफ्गानिस्तानका गुलबदिन नायबले ४ तथा नभिन उल हकले ३ विकेट लिए ।
अफ्गानिस्तानको यो जितसँगै सुपर आठबाट सेमिफाइनलमा पुग्ने होड रोचक बनेको छ । समुहमा दुई खेलबाट भारतको ४ अंक छ भने अष्ट्रेलिया र अफ्गानिस्तानको २–२ अंक छ ।
बंगलादेशले अंक जोड्न सकेको छैन ।
Categorized in स्पाेर्ट्स