arin enterprises

मुख्यसचिव अर्यालसहित १२ जनाबिरुद्ध भ्रष्टाचार मुद्दा

SamacharDesk | २०८१ आषाढ ११, सोमबार

मुख्यसचिव डा. वैकुण्ठ अर्यालसहित १२ जना बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोपमा मुद्दा दर्ता गरेको छ ।

सचिव रहँदा मदिराको अन्तःशुल्क स्टिकर छपाई खरिद प्रकरणमा मुख्यसचिव अर्यालसहित १२ जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

मुद्धा दायर गरिएकाहरुमा मूख्य सचिव अर्याल, अर्थमन्त्रालयका सहसचिव रितेशकुमार शाक्य, भन्सार विभागका उपमहानिर्देशक टंकप्रसाद पाण्डे, सुरक्षण मुद्रण विभागका तत्कालिन कार्यकारी निर्देशक विकल पौडेल, आन्तररिक राजश्व कार्यालयका तत्कालिन निर्देशक गणेशविक्रम शाही, राष्ट्रिय सूचना केन्द्रका तत्कालिन निर्देशक सफलस श्रेष्ठ, रविन्द्रप्रसाद पौडेल, लेखा अधिकृत विष्णुप्रसाद गौतम, शाखा अधिकृत हरिबल्लभ पौडेल, परामर्शदाता शक्तिप्रसाद श्रेष्ठ, प्रिन्स सेल्स प्रालिका निर्देशक केशव शर्मा रहेका छन् ।

अख्तियारले उनीहरुबाट ३८ करोड ६७ लाख १७ हजार रुपैयाँ असुल उपर गर्न माग गरेको छ  ।

आन्तरिक राजस्व विभागका लागि ४३ करोड ३२ लाख प्रति अन्तशुल्क स्टिकर छपाइका लागि सेक्युरिटी प्रिन्टिङ प्रेसले टेन्डर आह्वान गरेकोमा प्रतिथान ३५ पैसामा छापिने स्टिकर ८५ पैसा प्रतिथानको दरमा छापेर राष्ट्रलाई ठूलो नोक्सानी पु¥याएको अख्तियारको जिकीर रहेको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिनुभयो ।

नेपालको ईतिहासमा बहालवाला मूख्य सचिव विरुद्ध भ्रष्टाचार मुद्धा दायर गरिएको पहिलो पटक हो । मुद्धा दर्तासंगै मूख्य सचिव अर्याल स्वतः निलम्वनमा पर्नुभएको छ ।

गत वर्ष जेठमा अनिवार्य अवकाशको समय भएपछि राजीनामा दिनुभएका अर्याल गलत प्रक्रियाबाट मुख्य सचिव बनेको भनी उतिबेलै आलोचना भएको थियो ।

Categorized in राष्ट्रिय