arin enterprises

मेयर चिरिबाबुले उद्घाटन गरेको जरुँ हितिबाट पानी आउन छोड्यो

SamacharDesk | २०८१ आषाढ २१, बिहिबार

पाटनको ऐतिहासिक उग्रचण्डी जरुँ हिति पुनर्निर्माण गरेको पाँच दिनमै धाराबाट पानी आउन बन्द भएको छ ।

ललितपुरको मोसिंख्यमा जरुँ हितिबाट आधुनिक आरओ प्रविधिबाट स्वचालित पिउने शुद्ध पानी आउने गरि यही असार १५ गते ललितपुर महानगर प्रमुख चिरिबाबु महर्जनले उद्घाटन गर्नुभएकोे थियो ।

तर बुधबार बालबालिकाले पानी पिउन खोज्दा सो हितिमा पानी आएन । करिब ४ वर्ष पुरानो अनुमान गरिएको जरुंहिटीको पुनस्र्थापना ललितपुर महानगर वडा नं ४ र ताम्राकार समाजले गरेको थियो ।

उद्घाटन गरेको पाँच दिनमै पानी नआएको दोषारोपण समाज र वडाले एकले अर्काेलाई दिने गरेको छ । जरुँ हिति देवतालाई पानी चढाउन र शुद्ध पानीका लागि बनाइएको ढुंगाको एक किसिमको पानी ट्यांकी हो ।

पहिला पहिला बटुवाहरुको लागि पिउने पानीको व्यवस्था गर्न तथा मन्दिरहरुमा जल अर्पण गर्नका लागि विशेष गरेर नेवाः बस्तीहरुमा यस्ता जरुंहिती बनाइन्थ्यो ।

सडक विस्तारका कारण विगत लामो समयदेखि पुरिएको अवस्थामा रहेको उक्त जरुंहितीलाई हाल उत्खनन् मर्मत सम्हार गरेर प्रयोगमा ल्याउन थालिएको छ ।

Categorized in स्थानीय