arin enterprises

राजेन्द्र सुवेदी स्मृति पुरस्कार श्रेष्ठ र थापालाई

SamacharDesk – बिजयरत्न | २०८१ आषाढ २५, सोमबार

वरिष्ठ समालोचक तथा वाङ्मयविद् राजेन्द्र सुवेदीको स्मृतिमा स्थापित राजेन्द्र सुवेदी स्मृति पुरस्कार वरिष्ठ समालोचक दयाराम श्रेष्ठलाई प्रदान गरिने भएको छ ।

राजेन्द्र सुवेदी स्मृति केन्द्रको तत्वावधानमा यस वर्षको लागि यो पुरस्कार वरिष्ठ समालोचक श्रेष्ठलाई प्रदान गर्न लागिएको हो । त्यसैगरी राजेन्द्र सुवेदी कला पुरस्कार वरिष्ठ नृत्यविद् भैरवबहादुर थापालाई दिने निर्णय भएको केन्द्रले जनाएको छ ।

केन्द्रका अध्यक्ष प्रा.डा. जीवेन्द्रदेव गिरीको अध्यक्षतामा गत असार २१ बसेको वैठकले श्रेष्ठ र थापालाई सो पुरस्कारबाट पुरस्कृत गर्ने निर्णय गरेको हो ।

आउँदो साउन १९ गते सुवेदीको जन्मजयन्तीको अवसर पारेर उक्त पुरस्कारहरु प्रदान गरिने केन्द्रले जनाएको छ । दुवै पुरस्कारको राशी जनही २१ हजार रुपैयाँको रहेको छ ।

वरिष्ठ समालोचक तथा निबन्धकार राजेन्द्र सुवेदीको स्मृतिमा उनको परिवारले १० लाख राशीको अक्षयकोश खडा राखी यो पुरस्कारको आयोजना गरेको हो । 

Categorized in पेजथ्री