arin enterprises

नेदरल्याण्ड्सलाई हराउँदै इंग्ल्याण्ड युरोपियन फुटबलको फाइनलमा

SamacharDesk | २०८१ आषाढ २८, बिहिबार

इंग्ल्यान्ड युरो २०२४ को फाइनलमा पुगेको छ । नेदरल्याण्ड्सलाई हराउँदै इंग्ल्याण्ड युरोपियन फुटबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको हो ।

जर्मनीको डर्टमण्डमा भएको दोस्रो सेमिफाइनलमा नेदरल्याण्ड्स माथि २–१ गोल अन्तरको को पुनरागमन जित दर्ता गर्दै युरोप फाइनलमा स्थान पक्का गरेको हो ।

खेलको सातौं मिनेटमा जाभि सिमोन्सले पहिलो गोल गर्दै नेदरल्याण्ड्सलाई अग्रता दिलाएका थिए ।

खेलको अठारौं मिनेटमा इंग्ल्याण्डका ह्यारी केनले पेनाल्टीमार्फत एक गोल गरेपछि खेल एक एक गोलको बराबरीमा पुग्यो ।

डेन्जेलडम्फ्रिजले ह्यारी केन माथि बक्समा फाउल गरेपछि पाएको पेनाल्टीमा केनले नै गोल गर्दै खेल बराबरी गरेका थिए ।

इन्जुरी समयमा सब्स्टीच्युट खेलाडी ओलि वाट्किन्सले निर्णायक गोल गरेपछि इंग्ल्याण्ड फाइनलमा पुगेको हो ।

आइतवार राती बर्लिनमा हुने फाइनलमा अब इंग्ल्याण्डको भिडन्त स्पेनसँग हुनेछ ।

सेमिफाइनलमा फ्रान्सलाई २–१ ले हराउँदै स्पेन फाइनलमा पुगेको हो ।

Categorized in स्पाेर्ट्स