हमासका प्रमुख नेता हानिया मारिए
SamacharDesk | २०८१ श्रावण १६, बुधबार

हमासका प्रमुख नेता इस्माइल हानिया मारिएका छन् ।
इजरायलले इरानको राजधानी तेहरानमा गरेको एउटा आक्रमणमा उनी मारिएको बीबीसीले जनाइएको छ । हमासका अनुसार तेहरानमा इजरेलले गरेको हवाई कारबाहीमा हानियाको मृत्यु भएको हो।
हमासले एउटा विज्ञप्ति जारी गर्दै इस्माइल हानियाको मृत्यु भएको पुष्टि गरेको हो। हानियाका एक अङ्गरक्षकको पनि उक्त घटनामा मृत्यु भएको इरानको रेभलूशनरी गार्ड कोरले जनाएको छ।
हानिया मंगलबार इरानका नयाँ राष्ट्रपतिको शपथ ग्रहण समारोहमा सहभागी भएका थिए । हानियाको मृत्युमा इजरायलले आधिकारिक रूपमा अहिलेसम्म केही पनि भनेको छैन ।
इजरायलको आक्रमणु बाट आफ्नै भूमिमा हमास नेता इस्माइल हानिया मारिएपछि इरानले हानियाको रगतलाई व्यर्थै खेर जान नदिने प्रतिक्रिया दिएको छ ।
इरानका राष्ट्रपति मसूद पेजेश्कियानले इजरेललाई पछुतो लाग्ने बनाउने र इरानले आफ्नो भूमिको अखण्डता, प्रतिष्ठा र सम्मानू को प्रतिरक्षा गर्ने उद्घोष गरेका छन्।
इरानको पराराष्ट्र मन्त्रालयका प्रवक्ता नासिर कन्नानीले प्रतिक्रिया दिँदै हानियाले प्यालेस्टीनीहरूलाई यहुदीहरूको कब्जाबाट मुक्त गराउने भूमिका खेलेको भन्दै स्मरण गरेका छन् ।
इस्माइल हानिया हमासको राजनीतिक विभाग प्रमुख थिए । उनी प्यालेस्टिनी प्राधिकरणको दसौँ प्रधानमन्त्रीसमेत हुन् ।
हमासका नेताहरूमध्ये नरम मानिने हानियाको जन्म प्यालेस्टाइनको शरणार्थी शिविरमा भएको थियो ।
सन् १९८९ मा उनलाई इजरायलले ३ वर्ष कारागारमा राखेको थियो ।
Categorized in अन्तर्राष्ट्रिय