नेपाली चलचित्र क्षेत्रकी ‘आमा’ चैत्यदेवीलाई लालीगुराँस सम्मान
SamacharDesk – बिजयरत्न | २०८१ भाद्र १२, बुधबार

पहिलो नेपाली चलचित्र आमाकी ‘आमा’ चैत्यदेवी सिंह लालीगुराँस सम्मानबाट सम्मानित भएकी छिन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सिंहसँगै वरिष्ठ सिने पत्रकार विजयरत्न तुलाधर लगायत तीन दर्जन कलाकर्मी, खेलाडी, उद्यमी र समाजसेवीहरुलाई लालीगुराँस सम्मान २०८१ बाट सम्मानित गरिएको हो ।
लालीगुरास क्रिएसन मिडिया नेपाल, तेजस्वी कला केन्द्र एण्ड मिडिया व ओजस्वी मल्टि मिडियाको संयुक्त आयोजनामा भएको कार्यक्रममा तीन दर्जन बढि कलाकर्मी, खेलाडी, समाजसेवी र उद्यमी लगायतलाई सम्मान गरिएको हो ।
कार्यक्रममा सञ्चार तथा सुचना प्रविधि मन्त्री पृथ्बी सुब्बा गुरुङले सम्मानित सबैलाई सम्मान गरे ।
कार्यक्रममा बोल्दै सञ्चार तथा सुचना प्रविधि मन्त्री गुरुङले यस्ता कार्यक्रमहरु राज्य स्तरबाटै हुनुपर्नेमा जोड दिँदै राष्ट्रको लागि योगदान दिने व्यक्तित्वहरुलाई सम्मान र संरक्षण दिलाउन आफुले पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।
लालीगुराँस क्रिएसन मिडिया नेपालका अध्यक्ष ईन्द्र बिसुन्के बिन्दास, तेजस्वी कला केन्द्र एण्ड मिडियाका अध्यक्ष साथै कार्यक्रम निर्देशक सुमन कुमार श्रेष्ठले योगदानको कदर र प्रोत्साहनको लागि सम्मान कार्यक्रमको आयोजना गरेको बताए ।
Categorized in पेजथ्री