भारत पुर्याई मृगौला बेचबिखन गर्ने दुई जना पक्राउ
SamacharDesk – समाचारडेस्क क्राइम रिपाेर्टर | २०८१ भाद्र १२, बुधबार

भारतको कलकत्तामा पुर्याई मानव अंग मृगौला बेचबिखन गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका ८ घर भएका ३७ वर्षीय शंकर खत्री र मकवानपुर भिमफेदी गाउँपालिका २ घर भएकी ४२ वर्षीया शान्तिमाया घलान रहेका छन् ।
पीडितको उजुरीको आधारमा मानव बेचबिखन ब्यूरोबाट खटिएको प्रहरीको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरूले पीडितलाई मृगौला बिक्रि गरेमा १० लाख कमाउन सकिने प्रलोभनमा पारी पीडितलाई भारतको कलकत्ता पुर्याएको देखिएको छ ।
अनुसन्धानको क्रममा पीडितलाई स्वास्थ्य परीक्षण गराई काठमाडौंबाट वीरगंज हुँदै कलकत्ता पु¥याएको देखिएको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार १० लाख रुपैयाँको प्रलोभन देखाएपनि पछि धाक धम्की दिई पैसा नदिई जवरजस्ती मृगौला प्रत्यारोपण गरेको थियो ।
थप अनुसन्धानको क्रममा मृगौला प्रत्यारोपण गर्नुपर्ने व्यक्तिको एउटै परीवार भित्रको व्यक्ति भन्ने देखाउन नक्कली नेपाली नागरिकताको प्रमाणपत्र समेत बनाएको खुल्न आएको प्रहरीले बताएको छ ।
उनीहरू दुवै जनालाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ९ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएकाे छ ।
Categorized in अपराध