arin enterprises

सांसद जीवनरामबाट सडक निर्माणको निरिक्षण

SamacharDesk – विकाश | २०७७ जेठ २९, बिहिबार

काठमाण्डौ क्षेत्र न. ८ स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्र्तगत नार्गाजुन नगरपालिका वडा न.४ स्थित शरणपुरको ढल निर्माण र सडक ढलान गर्ने कार्यको निरिक्षण भएको छ ।

निरिक्षणमा प्रतिनिधि सभा सदस्य माननीय जीवन राम श्रेष्ठ, नार्गाजुन नगरपालिकाका वडा न ४ का अध्यक्ष करुण कुमार बलामी र ईन्जिनियर कंञ्चन बलामीसमेतको उपस्थितीमा उक्त कार्यको निरीक्षण भएको थियो ।

सो अवसरमा वडा सदस्यहरु विश्वेश्वर ढुङ्गाना, सुशीला नेपाल, बाटो निर्माण उपभोक्क्ता समितिका अध्यक्ष गणेश जङ्गबहादुर सिंह, उपभोक्ता समितिका कोषाध्यक्ष ईश्वर राज बलामीको साथै पदाधिकारीहरु र स्थानीय जनसमुदायको उपस्थिती रहेको थियो ।

संघीय सांसद जीवनराम श्रेष्ठले स्थानीय जनताको चाहनाअनुसार विकास तथा पूर्वाधार निर्माण कार्य आफुले पहिलो प्राथमिकतामा राखेको बताउनुभयो । 

सांसद श्रेष्ठले उक्त सडक ढलान भएपछि दैनिक आवतजावत गर्ने यात्रुलाई सुविधा हुने विश्वास व्यक्त गर्नुभयो ।

Categorized in स्थानीय