अफगानिस्तानमा भूकम्पको धक्का
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८२ कार्तिक १७, सोमबार
अफगानिस्तानमा आज विहान भूकम्पको ठुलो धक्का महसूस गरिएको छ ।
अफगानिस्ताको उत्तरी भागमा भूकम्प ६.३ म्याग्निच्यूडको भूकम्प गएको हो । भूकम्पमा हालसम्म १० जनाको मृत्यु हुनुको साथै १५० भन्दा बढि घाइते भएको खबर छ ।
भूकम्पमा भवनहरु पनि ढलेका छन् ।
भूकम्पको केन्द्रविन्दु अफगानिस्तानको मजार–ए–शरीफ शहरमा जमिनभन्दा २८ किलोमीटर तल परेको बताइएको छ ।
यस क्षेत्रमा करीब ५ लाख २३ हजार भन्दा जनसंख्या रहेको छ ।
Categorized in अन्तर्राष्ट्रिय




