रहेनन् वेलकमका ‘उदय शंकर शेट्टी’ नाना पाटेकर
SamacharDesk – बिराज | २०८३ आश्विन २२, बिहिबार
बलिउडका दिग्गज अभिनेता नाना पाटेकर रहेनन् । उनको आज (बिहिवार) ७५ वर्षको उमेरमा मणिपाल अस्पतालमा मृत्यु भएको हो ।
भारतीय संचारमाध्यमका अनुसार नाना गोवास्थित आफ्नै निवास छातीमा दुखाई पछि बेहोश भएका थिए । छातीमा दुखाई पछि उपचारको लागि उनको फ्ल्याटमै मेडिकल टीम समेत बोलाइएको उनका छोरा मल्हार पाटेकरले बताए ।
उनको फ्ल्याटमा उपचारको प्रयास पछि मणिपाल अस्पताल लगिएको थियो भने विहान ५ः२० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
उनलाई बचाउने कोशिशमा ४५ मिनेटसम्म लगातार सिपिआर दिइएको थियो । उनको मृत्युको सही कारण पत्ता लगाउन आजै पोस्टमार्टम गरिने भएको छ ।
को हुन् नाना पाटेकरः
नाना पाटेकरको असली नाम विश्वनाथ पाटेकर थियो । उनको जन्म १९५१ जनवरी १ को दिनमा भएको थियो ।
विपन्न परिवारबाट आएका नानाले आफ्ना संघर्षको समयमा १३ वर्षको उमेरमा फिल्मको पोस्टर पेन्ट गर्ने काम समेत गरेका थिए ।
सन् १९७८ मा उनको विवाह नीलकंती पाटेकरसँग भएको थियो । पाटेकर दम्पत्तीका दुई छोरा जन्मिए पनि एक छोराको दुई वर्षकै उमेरमा मृत्यु भएको थियो ।
उनले अंकुश, सलाम बम्बे, परिन्दा, प्रहार, तिरंगा, क्रान्तिवीर, अग्नि साक्षी, राजनीति लगायत थुप्रै चर्चित फिल्महरुमा अभिनय गरेका छन् । उनको वेलकम र वेलकम ब्याक फिल्मको उदर शंकर सेट्टी क्यारेक्टर पनि निकै चर्चित छ ।
उनले तीन पटक नेशनल फिल्म अवॉर्ड जितेका थिए भने सन् २०१३ में उनलाई पद्मश्री सम्मानबाट सम्मानित गरिएको थियो ।
नानाले पछिल्लो समय आफ्नो समय खेतीपातीमै दिँदै आएका थिए । नानाको अन्तिम संस्कार उनको अन्तिम इच्छा अनुसार उनकै पुणेस्थित फार्म हाउसमा गरिन लागेको छ ।
नानाको निधनमा बलिउडका प्रख्यात अभिनेताहरुले श्रद्धान्जलि दिएका छन् । मिथुन चक्रवर्ती, रजनीकान्त, अनुपम खेर, प्रकाश राजको साथसाथै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसमेतले पनि नानालाई श्रद्धान्जली व्यक्त गरेका छन् ।
Categorized in पेजथ्री




