अन्तर्राष्ट्रिय बाल दिवस मनाईँदै
SamacharDesk – बिराज | २०८२ मङ्सिर ४, बिहिबार
आज नोभेम्बरको २० तारीख, विश्वभरी विभिन्न कार्यक्रम गरी विश्व बाल दिवस मनाईँदैछ ।
बिश्वभरीका बालबालिकाहरुको आधारभुत आवश्यक्ता पूरा गरी उनीहरुमा खुसियाली, शान्ति र राहत उपलब्ध गराउने उद्देश्यले यो दिवस मनाउने गरीएको हो ।
यस वर्ष दिवसको नारा ‘मेरो दिन, मेरो अधिकार’ (My Day, My Right) रहेको छ ।
संयुक्त राष्ट्रिय सघबाट १९५४ को नोभेम्बर २० का दिन बाल अधिकार सम्वन्धि महासन्धी पारित गरेको थियो । त्यहि दिनको सम्झनामा हरेक वर्ष आजको दिनमा यो दिवस मनाउन थालिएको हो ।
फरक फरक देशहरुमा फरक फरक मितिमा बाल दिवस मनाउने गरिएको छ । नेपालमा पनि भदौ २९ गतेको दिनलाई बाल दिवसको रुपमा मनाउने गरिएको छ । तर, अन्तर्राष्ट्रिय रुपमा भने प्रत्येक बर्षको नोभेम्बर २० तारीखमा यो दिवस मनाइन्छ ।
नेपालले सन् १९९० मा बाल अधिकार सम्वन्धी महासन्धीमा हस्ताक्षर गरेको थियो ।
अन्तराष्ट्रिय बाल दिवसको मुख्य उद्देश्य भनेकै बालबालिकाहरु माथि भईरहेको हिंसा र दुब्र्यवहार को निराकरण गरी उनीहरुको व्यक्तित्वको बिकाशको कुनै बाधा अवरोध नआउने सहज परीस्थितिको निर्माण गर्नु हो ।
बाल अधिकार अन्तरगत बाँच्न र खान पाउने अधिकार, स्वच्छ पानी पिउन पाउने अधिकार, शिक्षा, स्वास्थ्य सम्वन्धि अधिकार, सुरक्षा र स्वतन्त्रताको अधिकार, खेल्न पाउने लगायतका अधिकारहरु पर्दछन ।
तर आजसम्म पनि धेरै बालबालिकाहरु यस्ता आधारभूत अधिकारबाट बञ्चित रहेको हामी पाउन सक्छौं ।
संसारका हरेक देशहरुमा प्राय गरी होटल, रेस्टुरेन्ट, सार्वजनिक सवारी साधनदेखि घरेलु कामका लागि निजी घर भित्रै पनि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा बालबालिकाहरुलाई श्रममा लगाउनुका साथै उनीहरुमाथी हिंसा र दुव्र्यवहार भइराखेको पाइन्छ ।
कैयन बालबालिकाहरुको उपचारको अभावमा अकालमै मृत्यु भईराखेको छ । कतिपय बालबालिकाहरुले शिक्षा त पाउन सकेका छैनन नै, साथमा एक छाक खाना खान पनि नपाएर कुपोषणको शिकार हुनुपरेको छ ।
द्वन्द्वग्रस्त क्षेत्रमा बालबालिका नै निशानामा परेको समाचार दिनहुँ जसो आइरहेका छन् । अवोध बालिकाहरुमाथि यौनजन्य हिंसा रोक्न सकिएको छैन ।
यस्तो परिस्थितीमा दिवसलाई औपचारिकतामा सिमित गरेर गोष्ठी, सभा, सेमिनार गर्नुभन्दा बालबालिकालाई सुरक्षित वातावरण दिइ, स्वच्छ खाना, पानी, शिक्षा र खेल्न पाउने अधिकार प्रदान गर्नमा अग्रसर हुनु आवश्यक देखिन्छ ।
Categorized in राष्ट्रिय




