जर्मनीको जेन जी प्रदर्शन हिंसात्मक
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८३ कार्तिक १६, आइतबार
महंगीको विरोधमा जर्मनका शहरहरुमा भइरहेको जेनजी प्रदर्शन हिंसात्मक हुँदै गएको छ ।
महंगी र दैनिक जीवनयापनमा कठिनाई भएको भन्दै सुरु भएको जेनजी प्रदर्शनमा फ्र्यांकफर्टमा आगजनीको साथमा पसलहरुमा लुटपाट भएको छ ।
जर्मनको आर्थिक राजधानी फ्र्यांकफर्टको साथमा बर्लिन, कोलोन र ह्याम्बर्गमा पनि हिंसात्मक घटनाहरु भएका छन् ।
प्रदर्शनकारिहरुले इमरजेन्सी सर्विसका कर्मचारिहरुलाई लक्षित गरी पटाका, ढुङ्गा र बोतल प्रहार गरेको प्रहरी अधिकारीहरुले बताएका छन् । भीडलाई तीतरबितर गर्न प्रहरीले पानीकी फोहोरा प्रयोग गर्नुपरेको थियो ।
अघिल्ला दिनहरुमा हजारौंको संख्यामा भएको प्रदर्शन शान्तिपूर्ण रहेको थियो ।
जर्मनमा भईरहेको यस प्रदर्शनको नेतृत्व ’जेन जी रेगेल्ट’ नामक अभियान समूहले गरीरहेको छ । जर्मनी भाषामा जेन जी रेगेल्टको अर्थ जेनजीले अब जिम्मेवारी सम्हाल्नेछ भन्ने हुन आउँछ ।
समूहले स्कूलहरुमा पर्याप्त कोष नभएको, दैनिक जीवनयापनमा कठिनाई, बजारमा बढ्दो महंगी, सरकारी खर्चमा कटौती र सैन्य सेवाको विरोधमा प्रदर्शन गरीरहेको हो ।
फ्रान्समा युवाहरुको नेतृत्वमा भएको ठुलो प्रदर्शन पछि जर्मनमा अशान्ति फैलिएको जर्मनका अधिकारीहरुलाई उद्धृत गर्दै स्थानीय संचारमाध्यमले जनाएको छ ।
Categorized in अन्तर्राष्ट्रिय




