arin enterprises

सुरक्षित वातावरणमा चाडपर्व मनाउने अवस्था बनाउन केसीको निर्देशन

SamacharDesk – बिराज | २०८३ कार्तिक २३, आइतबार

प्रहरी महानिरीक्षक डा. मनोज कुमार के.सी.ले आम नागरिकलाई सुरक्षित वातावरणमा चाडपर्व मनाउने अवस्था सुनिश्चित गर्न प्रहरी अधिकृतहरुलाई निर्देशन दिएका छन् ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीया आयोजित काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी तथा मातहतमा कार्यरत प्रहरी अधिकृतहरुलाई निर्देशन सम्वोधन कार्यक्रममा प्रहरी महानिरीक्षक डा. के.सी.ले यसतो निर्देशन दिएका हुन् ।

‘चाडपर्वको समयमा उपत्यकामासम्भावित सुरक्षा चुनौतीहरूको पहिचान गर्नुहोला र प्रभावकारी सुरक्षा योजना निर्माण तथा कार्यान्वयन गर्दै सुरक्षित वातावरणमा चाडपर्व मनाउने अवस्था सुनिश्चित गर्नुहोला ।’ केसीले भने ।

साथै, उच्च व्यावसायिकता, अनुशासन, जिम्मेवारीबोध र प्रतिबद्धताका साथ पूर्ण व्यावसायिक एवम् परिणाममुखी कार्यसम्पादन गर्न समेत उनले निर्देशन दिए ।

कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालय तथा ट्राफिक प्रहरी कार्यालयका प्रमुख, जिल्ला प्रहरी परिसरका प्रमुखहरू, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख, गण तथा गुल्मका प्रमुखहरू लगायत मातहतका विभिन्न प्रहरी कार्यालयका प्रमुखहरूको उपस्थिति रहेको थियो ।

Categorized in राष्ट्रिय
SKIP THIS Tihar 2083