’मनमा भाको भाग्यमा नभाको’ गीत सार्वजनिक
SamacharDesk – विजयरत्न | २०८३ कार्तिक २३, आइतबार
’मनमा भाको भाग्यमा नभाको’ गीत सार्वजनिक कलाकारहरु विनोद रसाइली र अञ्जली अधिकारी अभिनित ‘मनमा भाको भाग्यमा नभाको’ गीतको म्यूजिक भिडियो हालै सार्वजनिक भएको छ ।
अमर ओलीको निर्देशनमा तयार पारिएको यस गीतको भिडियोमा रसाइली र अञ्जली अधिकारीको साथमा राज टाइगर (Razz Tiger) को पनि अभिनय हेर्न पाइन्छ ।
गीतमा सरोज लामिछाने र श्रद्धा रसाइलीको स्वर रहेको छ । गीतका शब्द र संगीत स्वयम् गायक लामिछानेकै रहेको छ ।
प्रकाश खड्काले छायांकन गरेको दृश्यलाई मनोज कार्कीले सम्पादन र रङ संयोजन गरेका छन् ।
गीत सरोज लामिछाने (Saroj Lamichhane) को आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ ।
साथै गीत स्पोटिफाई (Spotify), भाइबर, टिकटक, एप्पल म्युजिक, आइट्युन्स, सावन, अमेजन म्युजिक, र गाना (Gaana) लगायतका प्रमुख डिजिटल प्लेटफर्महरूमा पनि उपलब्ध हुनेछ ।
Categorized in पेजथ्री





