arin enterprises

अष्ट्रेलियामा सामूहिक म्हपूजा र न्हूदँ समारोह

SamacharDesk – केके मानन्धर | २०८३ कार्तिक २७, बिहिबार

अष्ट्रेलियाको एडिलेडमा गुथि एसए (Guthi SA) ले नेपाल संवत् ११४७ को अवसरमा सामूहिक म्हपूजा र न्हूदँ समारोहको आयोजना गरेको छ ।

बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म गरी करिब ७५ जनाको सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा सहभागीहरूले हर्षोल्लासका साथ सामूहिक म्हपूजा गरेका थिए ।

कार्यक्रममा सिड्नी र पर्थबाट समेत नेपालीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा नेपाल संवत् ११४७ लाई स्वागत गर्दै सहभागीहरूले एकापसमा न्हूदँ (नयाँ वर्ष) को शुभकामना आदानप्रदान गरेका थिए ।

विदेशमा रहेर पनि आफ्नो मौलिक भाषा, संस्कृति, परम्परा र चाडपर्वको संरक्षण तथा निरन्तरताका लागि गुथि एसएले गर्दै आएको प्रयासको प्रशंसा गरिएको थियो ।

नेवार समुदायमा म्हपूजा आफ्नै शरीर, आत्मा र जीवनको सम्मान गर्दै शुद्धता, आरोग्यता, सुख, शान्ति तथा दीर्घायुको कामना गर्ने मौलिक सांस्कृतिक परम्परा हो ।

कार्तिक शुक्ल प्रतिपदाको दिन गरिने यस पूजामा मण्डल बनाएर मण्डललाई आफ्नै प्रतिकको रुपमा पूजा गर्ने चलन छ । यसले आत्मसम्मान, आत्मशुद्धि र सकारात्मक जीवनको सन्देशसमेत दिन्छ ।

यहि दिन नेपाल सम्वतको नयाँ वर्ष सुरु हुने दिन पनि हो । 

Categorized in संस्कृति
SKIP THIS Tihar 2083