देय् दबू जामाच्वको भिन्तुना कार्यक्रम सम्पन्न
SamacharDesk – बिराज | २०८३ कार्तिक २८, शुक्रबार
नेवाः देय् दबू जामाच्व नगर समितिले नेपाल संवत् ११४७ नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान र सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
देय् दबू जामाच्व नगर समितिले हरसिद्धि मन्दिर प्राङ्गण सितापाईलामा ‘भिन्तुना कालबिल नापं साँस्कृतिक ज्याझ्वः’ आयोजना गरेको हो ।
कार्यक्रममा उर्जा जलश्रोत तथा सिचाई मन्त्री विराजभक्त श्रेष्ठ, बागमती प्रदेश सभा सदस्यहरू उद्धव थापा, केशव पोखरेल, नागार्जुन नगरपालिका कार्यवाहक मेयर शुसिला अधिकारी, नगर प्रवक्ता महेश रिमाल लगायतको उपस्थिती थियो ।
कार्यक्रममा नेवाः सभ्यता संरक्षणमा महत्त्वपूर्ण योगदान दिएको भन्दै वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई सम्मान गरिएको थियो ।
मन्तव्यको क्रममा नेवा देय् दबू जामाच्व नगर समितिका वरिष्ठ उपाध्यक्ष विश्वराम बलामीले नगर समितिले गर्दै आएका कार्यक्रम, गतिविधिको बारे प्रकाश पारेका थिए ।
नेवाः देय् दबू केन्द्रीय समितिका महासचिव श्रीकृष्ण महर्जनले नेपाल संवत् प्रयोग र महत्त्वबारे प्रकाश पारेका थिए ।
देबू दबू, जामाच्व नगर समितिका अध्यक्ष अजित पुतुवारले विगत लामो समयदेखी नागार्जुनको नेवाः स्थाननाम जामाच्व नगरपालिका लेख्न र प्रयोग गर्न नागार्जुन नगरपालिकालाई ध्यानाकर्षण गराए ।
कार्यक्रम विभिन्न कलाकारहरुले वाद्यवादन, गायन लगायतको सांगितिक प्रस्तुति समेत प्रस्तुत गरेका थिए ।
नगर समितिले गत वर्षबाट नगर स्तरीय भिंतुना (शुभकामा) कार्यक्रम गर्दै आएको छ ।
Categorized in समाज





