क्यान्सर सचेतनाका लागि ४०० बढी साइकलयात्रीको र्याली
SamacharDesk – बिराज | २०८३ कार्तिक ३०, आइतबार
काठमाडौं/क्यान्सर रोकथामसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले एन्ट फाउन्डेसनले ‘पेडल फर प्रिभेन्सन’ साइकल र्याली सम्पन्न गर्को छ ।
साइकल ¥यालीमा ४०० भन्दा बढी साइकलयात्री सहभागी भएका थिए ।
नो सेभेम्बर अभियानअन्तर्गत शनिबार बिहान आयोजित र्यालीमा विभिन्न क्षेत्रका व्यक्तिहरूले क्यान्सरविरुद्ध सचेतना, ऐक्यबद्धता र सामूहिक जिम्मेवारीको सन्देश दिएका हुन् ।
सन् २०२६ मा छैटौँ वर्षमा प्रवेश गर्को एन्ट फाउन्डेसनको ‘नो सेभेम्बर’ अभियानअन्तर्गत यस वर्षका कार्यक्रमको सुरुवात ‘पेडल फर प्रिभेन्सन’ बाट गरिएको हो ।
र्यालीमा नौ वर्षसम्मका बालबालिकादेखि विभिन्न उमेर समूहका व्यक्तिहरूको सहभागिता रहेको थियो ।
काठमाडौंको नक्सालस्थित नारायणचौरबाट सुरु भएको र्याली उत्तरढोका, नरसिंह चोक, ठँहिटी, इन्द्रचोक, न्युरोड, ओमबहाल, लगन, टेकु, कालोपुल, सानेपा, झम्सिखेल, पुल्चोक हुँदै ललितपुरको मंगलबजारमा पुगेर सम्पन्न भएको थियो ।
प्रख्यात नेपाली माउन्टेन बाइक खेलाडी तथा क्यान्सर विजेताहरू हरक लामा र कविता चित्रकारको नेतृत्वमा सम्पन्न र्यालीले क्यान्सरविरुद्धको संघर्षमा साहस, धैर्य र आत्मबलको सन्देश दिएको थियो ।
कार्यक्रममा एन्ट फाउन्डेसनका सद्भावना दूत मिस नेपाल वल्र्ड २०२६ दीपमाला ढकाल र मिस टिन युनिभर्स २०२६ सच्चरिना श्रेष्ठको पनि सहभागिता थियो ।
कार्यक्रममा काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले फाउन्डेसनले अघि बढाएको अभियानमा कामपा पनि सहकार्य गर्न तयार रहेको बताउँदै क्यान्सरविरुद्धको अभियानलाई संयुक्त रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरिन् ।
प्रख्यात कोरियोग्राफर, मोडल तथा मेन्टर प्रशान्त ताम्राकारको पहलमा स्थापना भएको एन्ट फाउन्डेसनले सामाजिक कल्याण, सामुदायिक हित र सामाजिक रूपान्तरणका क्षेत्रमा विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ ।
फाउन्डेसनले हरेक वर्ष नो सेभेम्बर अभियानमार्फत क्यान्सर रोकथाम, उपचारमा सहयोग तथा जनचेतना अभिवृद्धिका कार्यक्रम गर्दै आएको छ ।
विश्वव्यापी रूपमा नो सेभेम्बर हर्क वर्ष नोभेम्बर महिनाभर सञ्चालन हुने अभियान हो । यस अभियानमा मानिसहरूलाई दाह्री काट्न छाडेर प्राकृतिक स्वरूपमा रहन प्रोत्साहित गरिन्छ ।
यसमार्फत क्यान्सरबार् संवाद सुरु गर्ने, जनचेतना फैलाउने तथा अनुसन्धान, शिक्षा र रोकथामका लागि सहयोग जुटाउने उद्देश्य राखिन्छ ।
सन् २००९ मा अमेरिकाको इलिनोइसस्थित हिल परिवारले आफ्ना बुबा म्याथ्यु हिलको स्मृतिमा यस अभियानलाई गैरनाफामूलक आन्दोलनका रूपमा लोकप्रिय बनाएको थियो । उनको सन् २००७ नोभेम्बरमा कोलोन क्यान्सरका कारण निधन भएको थियो ।
क्यान्सरबाट व्यक्ति, परिवार र समुदाय प्रभावित हुने भए पनि समयमै पहिचान, नियमित स्वास्थ्य परीक्षण, रोकथामसम्बन्धी जानकारी र आवश्यक सहयोगले यसको जोखिम तथा प्रभाव न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्न सक्छ ।
यही सन्देशलाई समुदायसम्म पुर्याउने उद्देश्यले आयोजित साइकल र्यालीलाई आयोजकले केवल खेलकुद गतिविधि नभई सामाजिक उत्तरदायित्व र सामूहिक अभियानका रूपमा लिएको छ ।
Categorized in समाज





