सांसद श्रेष्ठबाट बिष्णुमति लिंकरोड क्रसिङ ब्रिजको शिलान्यास
SamacharDesk – बिराजकाजी राजोपाध्याय | २०७७ आषाढ २, मंगलबार

काठमाडौं महानगरपालिका वडा नं १५ स्थित झोलुङ्गे पुलको करिडोरमा बिष्णुमति लिंकरोड क्रसिङ्ग ब्रिजको प्रतिनिधि सभा सदस्य माननीय जीवन राम श्रेष्ठबाट शिलान्यास सम्पन्न भएको छ ।
काठमाण्डौ क्षेत्र न. ८ स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्र्तगत निर्माण गर्न लागिएको उक्त ब्रिजको लागत ८० लाख १० हजार ८ सय २ रुपैयाँ ११ पैसा अनुमान गरिएको छ ।
ब्रिज निर्माणका लागि स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम आ.व २०७६/७७ बाट ५१ लाख ५२ हजार ३ सय ९४ रुपैयाँ २७ पैसा विनियोजन गरिएको छ भने उपभोक्ता मार्फत २ लाख ५७ हजार ६ सय १९ रुपैयाँ ७१ पैसा संकलन भएको छ ।
अपुग रकम क्रमागत योजनामा आर्थिक वर्ष २०७७÷७८ को बजेटबाट बिनियोजन गरी पुरा गरीने बताइएको छ ।
यस ठाउँमा अत्यधिक संख्यामा पैदल यात्रुको चाप रहेको र दुर्घटना भईरहने हुँदा यो ब्रिज निर्माण गर्ने योजना राखेको सांसद श्रेष्ठले बताउनुभयो ।
श्रेष्ठले यस ब्रिजबाट काठमाडौं महानगरपालिका १५ र १९ वडाका स्थानीय बासिन्दाका साथै यो बाटो भएर हिँड्ने बिद्यार्थी र पैदल यात्रुहरु प्रत्यक्ष लाभान्वित हुने बिश्वास ब्यक्त गर्नुभयो ।
शिलान्यास कार्यक्रममा १५ वडाका अध्यक्ष साथै कामपा प्रवक्ता ईश्वरमान डंगोल, वडा सदस्यहरु आनन्द राम गौतम, मैयाँ लक्ष्मी महर्जन, कामपा शहरी योजना आयोगका सदस्य मन राजा रंजित, बिष्णुमति लिंकरोड क्रसिङ्ग ब्रिज उपभोक्ता समितिका अध्यक्ष अमृत रत्न डंगोल, सचिब राकेश मान कर्माचार्य, कोषाध्यक्ष रीता स्थापित तुलाधर, पदाधिकारीहरु र स्थानीय जनसमुदायको उपस्थिति थियो ।
Categorized in समाज