काठमाडौँ महानगर पालिकाको नीति तथा कार्यक्रम १
SamacharDesk – बिराजकाजी राजोपाध्याय | २०७७ आषाढ ४, बिहिबार

काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आज राष्ट्रियसभा गृहमा काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले आर्थिक वर्ष ७७/०७८ को नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो ।
२ सय ५९ बुँदा रहेको नीति तथा कार्यक्रम जनस्वास्थ्य सेवा सुधार, विद्यालय शिक्षा सुधार, खाद्य सुरक्षा, उद्यमशीलता तथा रोजगारी प्रबद्र्धन, आवागमन ब्यबस्थापनलगायतमा विशेष केन्द्रित रहेको छ ।
काठमाडौँ महानगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा कोभिड–१९ प्रतिकार्य योजना तयार गरी काठमाडौं महानगरपालिकामा लागु गर्नुका साथै उपत्यकाका अन्य नगरपालिकाहरुसँगको सहकार्यमा उपत्यकाव्यापी रुपमा कार्यान्वयनमा लैजान पहल गरिने उल्लेख गरेको छ ।
‘कोभिड–१९ का कारण विगत तीन महिनादेखि मुलुक बन्दाबन्दीको अवस्थामा रहेकोमा हाल क्रमिक रुपमा सामान्यतर्पm उन्मुख भैरहेको महशुस भए पनि परिस्थिति कुनै पनि बेला विषम हुन सक्ने देखिन्छ,’ नीति तथा कार्यक्रममा भनिएको छ,’ ‘यस महामारीबाट पूर्ण उन्मुक्ति कहिले हुन्छ भन्न सकिने स्थिति छैन ।’
यद्यपि, बन्दाबन्दीले महानगरवासीमा पारेको असरलाई न्यूनीकरण गरी छिटो भन्दा छिटो जनजीवनलाई पूर्ववत् अवस्थामा ल्याउन हामी प्रयासरत नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
सुविधा सम्पन्न कम्तिमा ५० सैय्याको अस्पताल -
काठमाडौँ महानगरपालिकाले आफ्नै सुविधा सम्पन्न कम्तिमा ५० सैय्याको अस्पताल स्थापना गर्ने योजना बनाएको छ ।
साथै महानगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका संभाव्य सामुदायिक अस्पतालहरुलाई महानगरपालिकाको अस्पतालको रुपमा सञ्चालन गर्ने योजना पनि समावेश गरेको छ ।
वरिष्ठ ज्येष्ठ नागरिकको विशेषज्ञ चिकित्सकद्वारा नियमित एवं निशुल्क स्वास्थ्य परीक्षण सेवालाई निरन्तरता दिने, महानगरवासीहरुको लागि स्वस्थ जीवनका लागि स्वच्छ आहार विहारको नीति अवलम्बन गर्ने जस्ता कुरालाई पनि प्राथमिकता दिएको छ ।
प्रत्येक वडामा मृगौला जोगाउ अभियान सञ्चालन गरिनुको साथै अर्बुद रोग लगायत अन्य दीर्घ रोगको समयमै स्वास्थ्य परीक्षण गर्न दीर्घरोग स्वास्थ्य परीक्षण कार्यक्रम पनि सञ्चालन गरिने भएको छ ।
फुटपाथ व्यवस्थित गर्ने
कोभिड–१९ को प्रभाव लामो समयसम्म रहनसक्ने अनुमानलाई ध्यानमा राखी आम नागरिकको दैनिक आवागमनमा भौतिक दूरी कायम राख्न सहजता प्रदान गर्न मुख्य सडक, बजार तथा चोकहरुमा फुटपाथ ब्यबस्थित तथा चौडा गर्ने नीति महानगरपालिकाले लिएको छ ।
त्यसका लागि वडा कार्यालयको सक्रियतामा स्थानीय प्रशासनको सहकार्यमा फुटपाथ अतिक्रमण गर्ने कार्यलाई कडाईका साथ नियन्त्रण गरिनेछ उल्लेख छ ।
महानगरको आफ्नै स्वामित्वमा रहेको धर्मपथ र टेकुको जग्गा तथा लैनचौरमा रहेको सार्वजनिक जग्गामा आधुनिक भर्टिकल पार्किङ्ग भवन निर्माण कार्य यसै वर्ष शुरु गरिने भएको छ । महानगरले हाल लागु गरेको स्मार्ट पार्किङ्गलाई थप क्षेत्रमा समेत विस्तार गर्ने जनाएको छ ।
उपत्यका एकीकृत विकास कार्यक्रममा जोड
नीति तथा कार्यक्रममा काठमाडौं उपत्यकालाई सिङ्गो समृद्ध सहरको रुपमा विकास गर्न अन्य नगरपालिकाहरुसँगको सहकार्यमा उपत्यका एकीकृत विकास कार्यक्रम अघि बढाउने भनिएको छ ।
महानगरपालिकाले गर्ने विकासात्मक कार्यहरु र वितरण गर्ने सबै खालका सेवालाई सुशासनको प्रत्याभूति दिने गरी सुलभ तथा गुणस्तरीय रुपले सेवा प्रवाह गर्न क्रमशः विद्युतीय पद्धतिमा रुपान्तरण गरिने नीति लिइने उल्लेख छ ।
शहरी फलफुल खेती, कौशी खेती, माटो विनाको खेती प्रविधिको विकास गर्ने र यस कार्यलाई समुदाय सहभागी लक्षित हुने नीति पनि महानगरपालिकाले लिएको छ ।
ब्यक्ति, समूह तथा सहकारीले उत्पादन गरेका तरकारीहरु बिक्री वितरण तथा आपूर्ति ब्यबस्था सहजताको लागि स्थानीय समुदायले संचालन गर्ने गरी प्रत्येक वडामा निश्चित समयको लागि तरकारी तथा घरेलु उत्पादन बजारको ब्यबस्था गरिने योजना छ ।
जीवनउपयोगी शिक्षामा जोड
महानगरपालिकाले जीवनउपयोगी, व्यावसायिक एवं प्रविधियुक्त पूर्वाधार सहित नैतिक तथा मनोवैज्ञानिक शिक्षामा जोड दिएको छ ।
‘विद्यालय शिक्षामा नेपाल भाषाको स्थानीय पाठ्यक्रम बनाई लागु गरिने छ । यसरी निर्माण गर्ने पाठ्यक्रममा उपत्यकाको भाषा, रहनसहन, संस्कृति, सम्पदा लगायत नैतिक शिक्षालाई समेत समेटिने छ’ कामपा प्रमुख शाक्यले भन्नुभयो ।
महानगरपालिकाले विद्यालयको पढाई बिचैमा छोड्ने विद्यार्थीहरूको मनोबललाई उच्च गर्न आवश्यक पूर्वाधार निर्माण गरी बालमैत्री शिक्षण पद्धतिलाई अबलम्बन गर्ने नीति लिएको छ ।
सबै सामुदायिक माध्यमिक विद्यालयहरूमा विज्ञान तथा कम्प्युटर प्रयोगशाला स्थापना तथा स्तरोन्नति गर्ने पनि कामपाको योजना रहेको छ ।
काठमाडौं महानगरपालिकाको आफ्नै एक प्रविधिमैत्री सिटी लाइब्रेरी स्थापना गरी सञ्चालन गर्ने पनि जनाएको छ ।
‘भोकै कोही पर्दैन, भोकले कोही मर्दैन’
त्यसैगरी महानगरपालिकाले ‘भोकै कोही पर्दैन, भोकले कोही मर्दैन’ भन्ने नारा सहित महानगरभित्र सडक आश्रित मानव उद्धार गर्ने कार्यलाई निरन्त्तरता दिने जनाएको छ ।
सडक सहयोगापेक्षी मानव सेवालाई दीगो र संस्थागत बनाउन सहिद धर्मभक्त माथेमा महानगर मानवसेवा आश्रमको भवन संरचना लगायतका पूर्वाधार विकासका लागि आवश्यक सहयोग गर्ने नीति लिएको छ ।
खानेपानीको समस्या न्यूनीकरणका लागि समूदायको पहलमा स्थानीयस्तरमा खानेपानीको वितरण, आकाशेपानी संकलन तथा पानी पुनर्भरण गर्ने कार्यलाई विशेष प्राथमिकता दिने भएको छ ।
उक्त कार्यको लागि सम्बन्धित सरकारी तथा गैर सरकारी संस्थाहरुसँग समन्वय गरी आर्थिक तथा प्राविधिक सहयोग प्रदान गर्ने, रिचार्ज काठमाडांैैं अभियानलाई निरन्तरता दिने जस्ता कुरालाई पनि नीति तथा कार्यक्रममा समावेश गरेको छ ।
हाल सञ्चालनमा रहेका सार्वजनिक शौचालयहरुको मर्मत सम्भार, स्तरोन्नति गर्ने कार्यको सुरुआत गर्नुका साथै प्रत्येक वडामा कम्तिमा दुई वटा सार्वजनिक शौचालय वडा कार्यालय मार्फत निर्माण तथा सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
युवाको जाँगर, समृद्ध महानगर
काठमाडौँ महानगरपालिकाले ‘युवाको जाँगर, समृद्ध महानगर’ अभियान अनुरुप युवाशक्ति परिचालनको नीति अबलम्बन गर्ने र यसको लागि युवासँग अर्थपूर्ण सहभागिता र सहकार्यमा जोड दिने नीति महानगरपालिकाले लिएको छ ।
युवाहरुलाई कुलत तथा दुव्र्यसनबाट बचाउन सचेतनामूलक, रोकथाममूलक तथा उपचारात्मक कार्यक्रमहरु सञ्चालन गर्नुका साथै युवाहरुको सहयोगी समूहको सूची तयार गरी प्रत्येक वडामा युवासँग मेयर कार्यक्रम सञ्चालन गर्ने योजना नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।
‘खेलकूदको माध्यमद्वारा युवाहरुको ब्यक्तित्व विकास गर्न महानगर क्षेत्रमा शारीरिक व्यायामशाला, हेल्थ क्लब, रंगशाला÷कबर्डहल तथा बहुउद्देश्यीय खेल मैदानको विकास र विस्तार गरिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ ।
वरिष्ठ जेष्ठ नागरिकलाई महानगर बिशेष भत्ता
काठमाडौं महानगरपालिकाभित्रका विगतका वर्षमा जस्तै यो वर्ष पनि ७५ र ८० वर्ष उमेर पुगेका महिला र पुरुष वरिष्ठ ज्येष्ठ नागरिकलाई बार्षिक रुपमा दिने रु. १२ हजार महानगर बिशेष भत्ता निरन्तरता दिएको छ ।
प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत सूचीकृत बेरोजगारहरुलाई नगरको विकासमा आवश्यकता अनुसार परिचालन गर्न मेयर रिसर्च फेलोसिप कार्यक्रम अन्तर्गत विभिन्न विश्वविद्यालय, कलेज, अध्ययन संस्थान आदिसँग सहकार्य गरी कार्यविधिको आधारमा विद्यार्थीहरुलाई इन्टर्नसीप÷फेलोसीप प्रदान गर्ने बताइएको छ ।
साथै सो कार्यक्रमवाट प्राप्त प्रतिवेदन तथा शोधपत्रहरुको प्रकाशन गर्ने ब्यवस्था मिलाउने कुरालाई पनि प्राथमिकता दिएको छ ।
समुदायमा आधारित कार्यक्रमलाई प्रभावकारी एवं परिणाममूखी बनाउन अनुभवी, निवृत्त, ज्येष्ठ नागरिकहरु समेतको संलग्नतामा सिल्भर भोलेन्टियर (स्वयंसेवक) हरुलाई शिक्षा, स्वास्थ्य तथा समुदायमा आधारित विभिन्न काममा परिचालन गर्ने नीति अबलम्बन गर्ने नीति लिएको छ ।
खुला क्षेत्रको संरक्षण
काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रभित्रका सरकारी, सार्वजनिक तथा पर्ति जग्गा अतिक्रमण गरी बनाइएका संरचनाहरु हटाई सार्वजनिक जग्गा संरक्षण गर्नेे कार्यलाई थप प्रभावकारी रुपमा कार्यान्वयन गर्ने नीति लिएको छ ।
त्यस्ता सार्वजनिक जग्गाहरुमा बालमैत्री उद्यान, योगपार्क तथा ज्येष्ठ नागरिक मैत्री पार्कहरु र खुला क्षेत्रहरुको रुपमा विकास गरिने कार्यलाई निरन्तरता दिने योजना नीति तथा कार्यक्रममा राखिएको छ ।
साथै मेयर उज्यालो कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाउने, मुख्य चोकहरुमा हाइमास्ट बत्ती जडान गर्ने, काठमाडौं महानगरपालिका क्षेत्रभित्र रहेका बागमती, विष्णुमती, धोबीखोला र मनोहरा नदीमा आवश्यकता अनुसार मानिसहरु आवत जावत गर्न मिल्ने पुल तथा बेलीब्रिजहरुको क्रमिक रुपमा निर्माण गर्ने पनि कामपाको योजना छ ।
नेपाल सरकार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरुको सहकार्यमा काठमाडांैै महानगर क्षेत्रभित्रका बिद्युत, टेलिफोन, केवल टिभि, ईन्टरनेट लगायतका तारहरुलाई भुमिगत गर्ने कार्यलाई निरन्तरता दिने कुरालाई पनि नीति तथा कार्यक्रममा समावेश गरेको छ ।
वातावरण तथा फोहोरमैला ब्यबस्थापन
नीति तथा कार्यक्रममा ‘स्वच्छ हावा, स्वस्थ जीवन’ लाई साकार पार्न वायु प्रदुषण नियन्त्रण, हरियाली प्रबद्र्धन, फोहरमैला व्यवस्थापन, आकासे पानी र फोहोर पानी व्यवस्थापन, फोहोरमैलाको अन्तिम ब्यबस्थापनमा प्रभावकारिता हासिल गर्न तथा आधुनिक प्रविधिको उपयोग गर्नका लागि निजी क्षेत्रसँग सहकार्य उल्लेख गरिएको छ ।
घरबाट उत्सर्जित जैविक फोहोरलाई कम्पोष्ट मल बनाई स्वव्यबस्थापन गर्न प्रेरित गरिनेछ,’ प्रमुख शाक्यले भन्नुभयो, ‘फोहोर वस्तुको प्रशोधन र पुनःप्रयोग गर्ने तथा फोहोर बस्तुबाट नयाँ वस्तु उत्पादनमा कार्य गरिरहेका सामुदायिक संस्था, निजी, गैर सरकारी संस्था आदिको सञ्जाल निर्माण गरी यसलाई प्रोत्साहन दिइनेछ ।’
फोहोरमैलाको दीर्घकालिन व्यवस्थापनको लागि काठमाडौं महानगरपालिकाको नेतृत्वमा उपत्यकाका नगरपालिकाको सहभागितामा सामूहिक रुपमा फोहोर व्यवस्थापन कोष स्थापना गरी सो कोषबाट उपत्यकाको फोहारमैला तथा ल्याण्डफिल्ड साईट व्यवस्थापन सम्बन्धी कार्यमा खर्च गर्ने संस्थागत व्यवस्था मिलाउने नीति कामपाको रहेको छ ।
ब्रुमरले उठाएको धुलोलाई प्रशोधन गरी निर्माण कार्यमा उपयोग गर्ने, पुराना सार्वजनिक सवारी साधनबाट बढ्दो प्रदुषणलाई न्यूनीकरण गर्नका लागि २० बर्ष भन्दा पुराना त्यस्ता सवारी साधनलाई काठमाडौं महानगरपालिका क्षेत्रबाट क्रमशः विस्थापन गर्ने नीति लिएको छ ।
कोटेश्वर, कलंकी र महाराजगञ्जमा अग्नि नियन्त्रण एकाईको स्थापना गर्ने
महानगरपालिकाको चारै दिशाहरुमा अग्नि नियन्त्रण एकाईको स्थापना गरिने नीति अनुरुप यस आर्थिक बर्षमा कोटेश्वर, कलंकी र महाराजगञ्जमा अग्नि नियन्त्रण एकाईको स्थापना गर्ने लक्ष्य लिएको छ ।
वसन्तपुरस्थित जुद्धबारुण यन्त्र भवन जीर्ण भएकोले संग्रहालय सहितको भवन पुनर्निर्माण गर्ने, काठमाडौ उपत्यकाको जोखिम संवेदनशील भू–उपयोग योजना पुनरावलोकन गर्ने जस्ता कुरालाई पनि प्राथमिकतामा राखेको छ ।
सेवा प्रवाहलाई चुस्त–दुरुस्त राख्ने
काठमाडौं महानगरपालिकाबाट प्रवाह गर्ने सेवालाई अझ बढी जनउत्तरदायी, पारदर्शी र जवाफदेही बनाउनका लागि अनियमितता र भ्रष्टाचारमा शून्य सहनसिलताको नीति कडाईका साथ लागु गर्ने नीति लिएको छ ।
सबै वडा कार्यालयहरुमा गुनासो सुन्ने अधिकारी, हेल्प डेस्क र विद्युतीय नागरिक वडापत्रको व्यवस्था थप प्रभावकारी बनाउने, काठमाडौं महानगरपालिकाको न्याय प्रणालीलाई स्वतन्त्र, निष्पक्ष, पहुँचयोग्य, सक्षम एवं विश्वसनीय बनाउने, सबै वडा कार्यालयमा मेलमिलाप केन्द्र सञ्चालन गरी मेलमिलाप हुने प्रकृतिका स्थानीय विवादहरु वडास्तरमै निरुपण गर्ने कानूनी व्यवस्थालाई थप प्रभावकारी रुपमा कार्यान्वयन गर्ने, शहरी सुब्यबस्था कायम गर्न तथा प्रदुषण नियन्त्रणलाई टेवा पुर्याउन काठमाडौं महानगरपालिकाको चक्रपथ क्षेत्रभित्र रहेका निर्माण सामाग्रीको डिपो र सवारीसाधन मर्मत वर्कशपहरुलाई क्रमिकरुपमा हटाउने नीति पनि महानगरपालिकाले लिएको छ ।
Categorized in स्थानीय