arin enterprises

कामपा नीति तथा कार्यक्रम ४ – व्यापार व्यवसायहरुलाई विशेष सहुलियत प्रदान

SamacharDesk – बिराजकाजी राजोपाध्याय | २०७७ आषाढ ४, बिहिबार

काठमाडौं महानगरपालिकाले कोभिड–१९ को महामारीबाट प्रभावित करदाताहरुलाई उचित छुट सहुलियत दिने जनाएको छ ।

काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम सुनाउँदै कामपा प्रमुख विद्यासुन्दर शाक्यले करदाताहरुलाई कर प्रणालीमा स्वेच्छिक रुपमा सहभागी गराउँदै समग्र राजस्व प्रशासनलाई करदातामैत्री बनाउने बताउनुभयो । 

आ.व.२०७७/०७८ लाई करदाताहरुको अभिलेखन वर्ष घोषणा गरी बैज्ञानिक र एकिकृत करदाता अभिलेख तयार गर्न आवश्यकतानुसार व्यवस्थापनमा स्नातक÷स्नातकोत्तर अध्ययनरत जनशक्ति परिचालन गर्ने नीति कामपाले लिएको छ । 

त्यसैगरी प्रमुख शाक्यले स्थानीय समुदाय, निजी क्षेत्र, सुरक्षा निकाय, यातायात व्यवसायीसँग सहकार्य गरी आर्थिक तथा पर्यटन क्षेत्रमा योगदान दिने निश्चित क्षेत्रहरु रातको समयमा सञ्चालन गर्नका लागि आवश्यक नीतिगत तथा पूर्वाधारको ब्यबस्था मिलाइने भन्नुभयो । 

 

मेड इन काठमाडौं अभियान सञ्चालन

काठमाडौँ महानगरपालिकाले महानगरपालिका क्षेत्रभित्रका विभिन्न स्थानहरुमा नेपाली बस्तुहरुको बजार कोशेली घर वा यस्तै प्रकृतिका अन्य बजार विस्तार गर्ने नीति लिएको छ । 

मरुटोलमा रहेको सिंहसत्तललाई गैर सरकारी संस्थासँगको सहकार्यमा निर्यात प्रबद्र्धन केन्द्रको रुपमा विकास गरिनुका साथै मेड इन काठमाडांैै अभियान सञ्चालन गर्ने पनि महानगरपालिकाको नीति छ ।  

‘युवाहरुको नवीन सोच तथा प्रविधिप्रतिको आकर्षणलाई ध्यानमा राखी काठमाडौं हब ९प्(ज्गद० को स्थापना गरिने नीति लिइनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ,’ ‘स्टार्टअपको माध्यमबाट उद्यमी बन्न चाहने युवाहरुलाई उत्पादन डिजाइन, प्रविधि, बजार, वित्त ब्यबस्था, कानुन आदिको परामर्श एकै स्थानमा उपलब्ध गराइनेछ ।’  

 

सम्पदा क्षेत्रलाई पर्यटकीय हबका रुपमा विकास गर्ने 

हनुमानढोका दरबार क्षेत्र, स्वयम्भू, बौद्ध र पशुपतिक्षेत्रलाई पर्यटकीय हबका रुपमा विकास गर्न विशेष कार्यको थालनी गरिने कामपाको निती तथा कार्यक्रममा उल्लेख छ । 

कोभिड–१९ बाट सबैभन्दा बढी प्रभावित पर्यटन व्यवसायलाई पूर्ववत अवस्थामा ल्याउन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, नेपाल होटल संघ, रेष्टुरेण्ट तथा बार संघ तथा अन्य सम्बन्धित सरकारी तथा गैर सरकारी संस्थासँग सहकार्य गर्ने, उपत्यकाका विभिन्न पर्यटकीय स्थलहरु जोड्नेगरी विद्युतीय ‘हप अन हप अफ’ बस सञ्चालन गरिने नीति पनि महानगरपालिकाले लिएको छ । 

 

समृद्धिको लागि सहकारी अभियान

काठमाडौँ महानगरपालिकाले ‘समृद्धिको लागि सहकारी अभियान’ लाई सफल पार्न साना तथा मझौला व्यबसायमा संलग्न व्यक्ति वा समूहलाई सहकारीमा आबद्ध गराई आत्मनिर्भर बनाउने नीति महानगरपालिकाले लिएको छ । 

‘विषम परिस्थितिमा जीवन निर्वाहका लागि पारिश्रमिक कार्यविधि, २०७७ लाई प्रभावकारी रुपमा कार्यान्वयन गरिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ,’ ‘कोभिड–१९ महामारीले लघु, घरेलु तथा साना उद्योगमा पारेको प्रभावलाई सम्बोधन गर्न रिभल्भिङ फण्डको स्थापना गरी कार्यविधिको आधारमा सहुलियत दरमा ऋण प्रदान गरिनेछ ।’

साथै महामारी विरुद्ध प्रतिकार्यका लागि अध्ययन, अनुसन्धान, आविष्कार गर्न विभिन्न सरकारी, गैर सरकारी संस्थाहरुसँग सहकार्य गर्ने नीति पनि कामपाले लिएको छ ।

Categorized in स्थानीय