निको हुने पनि धमाधम थपिँदै
SamacharDesk – विकाश | २०७७ आषाढ ६, शनिबार

पछिल्लो सयम संक्रमितको संख्यासँगै कोरोना संक्रमण निको हुनेको संख्या पनि क्रमशः बढ्दै गएको छ ।
पछिल्लो २४ घन्टामा देशका विभिन्न अस्पताल र आइसोलेसन सेन्टरबाट एक सय ७६ जना संक्रमित संक्रमणमुक्त भई डिस्चार्ज भएर घर फर्केका छन् । तीमध्ये १८ जना महिला छन् भने एक सय ५८ जना पुरुष रहेका छन् ।
सिराहा अस्पताल सिराहामा उपचाररत् २६ जना पुरुषहरु निको भएर डिस्चार्ज भएका छन् भने आइसोलेसन सेन्टर जानकी बाँकेबाट पनि ४१ पुरुष संक्रमणमुक्त भई घर फर्केका छन् ।
त्यसैगरी सुशील कोइरोला प्रखर क्यान्सर अस्पताल नेपालगंज खजुराबाट ३ महिला र १० पुरुष डिस्चार्ज भएका छन् । प्रादेशिक अस्पताल सुर्खेतबाट सल्यानका ११ पुरुष र सुर्खेतका १३ पुरुष गरी २४ जना संक्रमणमुक्त भई डिस्चार्ज भए ।
त्यस्तै कोशी अस्पतालबाट मोरङका एक महिला र एक पुरुष, खोटाङका ३ पुरुष, सुनसरीका २ महिला एक पुरुष र उदयपुरका एक महिला र एक पुरुष गरी १० जना निको भई घर फर्के ।
कोभिड १९ विशेष अस्पताल दाङबाट २ महिला र ३ पुरुष डिस्चार्ज हुँदा मनहरी आइसोलेसन सेन्टर मकवानपुरबाट एक महिला र ५ जना पुरुष कोरोना भाईरसलाई परास्त गर्दै घर फर्के ।
साथै डडेलधुरा अस्पताल डडेलधुरामा एक महिला एक पुरुष, अछाम जिल्ला अस्पताल अछाममा एक महिला र ४ पुरुष, दार्चुला अस्पताल दार्चुलामा २ पुरुष, डोटी अस्पताल डोटीमा २ महिला र ७ पुरुष निको भई डिस्चार्ज भएका छन् ।
प्रादेशिक अस्पताल धनगढीबाट ८ पुरुष, टिकापुर अस्पताल कैलालीमा एक महिला र ३ पुरुष, नेपालगंज मेडिकल कलेज नेपालगंजबाट एक महिला, महाकाली अस्पताल कन्चनपुरबाट १३ पुरुष र एक महिला, भरतपुर अस्पताल चितवन ५ पुरुष र एक महिला पनि निको भई डिस्चार्ज भए ।
आजको डिस्चार्ज संख्या समेत गरेर हालसम्म कोभिड १९ संक्रमण मुक्त हुनेको संख्या एक हजार ५ सय ७८ पुगेको छ । उनीहरुमध्ये महिलाको संख्या एक सय ४१ छ भने एक हजार ४ सय ३७ जना पुरुष रहेका छन् ।
Categorized in समाज