कीर्तिपुर अस्पतालमा डायोलाइसिस सेवा सुरु
SamacharDesk – विकाश | २०७७ आषाढ १५, सोमबार

एक वर्षका अथक प्रयास पछि कीर्तिपुर नगरपालिकाको सहयोगमा कीर्तिपुर अस्पतालमा मृगौला पिडितहरुका लागि डायोलाइसिस सेवा आइतबारबाट सुरु गरिएको छ ।
आज एक कार्यक्रमका बीच कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले कीर्तिपुर अस्पतालमा डायोलाइसिस सेवाको शुभारम्भ गर्नुभयो ।
कार्यक्रममा उपमेयर सरस्वती खड्का, डा. भरत प्रधान, पुर्व मन्त्री दिलिप महर्जन समेतको उपस्थिती थियो ।
डायालाइसिस सेवा सुरु गर्नका लागि कीर्तिपुर अस्पताललाई कीर्तिपुर नगरपालिकाले १ करोड १० लाख रुपैयाँको आर्थिक सहयोग गरेको थियो ।
आज कीर्तिपुर नगरपालिका ३ वडाका वासिन्दा सन्तु तण्डुकारको डायोलाइसिस गर्दै असपतालमा उक्त सेवा शुरु गरिएको छ । तण्डुकारको डायोलाइसिस डा.अर्चन शम्सेर राणाले गर्नुभएको थियो ।
नेपाल सरकारबाट डायोलाइसिस सेवाका लागि सूचिकृत नभएको कारणले हाललाई दुई वटा मेसिनबाट सेवा संचालन गर्दै करिव २० जना बिरामीलाई मात्र सेवा दिन सकिने अस्पतालले जनाएको छ ।
पाँच वटा मेसिनबाट सेवा दिने सकिने भएपछि करिव २ सय जनालाई सेवा दिने सकिने पनि अस्पतालको भनाई छ ।
यसैगरी कीर्तिपुर नगरपालिकाकै सहयोगबाट कीर्तिपुर अस्पतालमा आउँदो शुक्रबारबाटै कोभिड १९ परिक्षणका लागि पिसिआर परिक्षणको पनि शुरुवात हुने भएको छ ।
Categorized in स्थानीय