arin enterprises

समावेशी म्युजिक अवार्डको मनोनयन सार्वजनिक

SamacharDesk – विजयरत्न | २०७८ फाल्गुण ३, मंगलबार

नेपालको पहिलो समावेशी म्युजिक अवार्ड राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०२२ (निम अवार्ड) को उत्कृष्टको मनोनयन सार्वजनिक गरिएको छ ।

'नेपाली हुनुमा गर्व गरौं, नेपाली कला र संस्कृतिको जगेर्ना गरौं’ भन्ने मुल नाराका साथ आयोजना हुँदै आएको अवार्डको पाँचौ संस्करणको लागि उत्कृष्ट मनोनयन सार्वजनिक गरिएको हो ।

पावर इन्टरनेशनल मिडिया नेपालले आयोजना गर्दै आएको अवार्डमा स्वदेशगान, गजल, आधुनिक, पप, लोकपप र लोकदोहारीका साथै नेपालमा बोलीने काँठे, डेउडा, मैथली, थारु, तामाङ, नेपालभाषालगायत विभिन्न भाषाभाषीका गीतहरुको भव्य सहभागीता रहेको जनाइएको छ ।

आयोजक संस्था पिम नेपालका महासिचव तथा अवार्डका संयोजक कमला जोशीले शान्ति, भाइचारा र एकताको सन्देश फैलाउने सबैभन्दा छिटो माध्यम कला भएकोले यस अवार्डको माध्यमबाट नेपाली संस्कृतिलाई जगेर्ना गर्न कार्यक्रम आयोजना गर्दै आएको बताउनुभयो ।

यस अवार्ड कार्यक्रमले नेपालीसहित सम्पुर्ण भाषाभाषिका कलाकारहरुलाई एउटै मञ्च प्रदान गर्दै आइरहेको दावी जोशीले गर्नुभयो ।

आउँदो चैत्र २० गते हुन गईरहेको अवार्डमा देशभरीका कलाकारहरुको भव्य सहभागीता रहने आयोजक समितिका निर्देशक राजन थापाले बताएका छन् ।

Categorized in पेजथ्री