arin enterprises

नर्वे र स्वीट्जरल्याण्ड दोस्रो चरणमा

SamacharDesk – आकाश राजोपाध्याय | २०८० श्रावण १४, आइतबार

नर्वे र स्वीट्जरल्याण्ड दोस्रो चरणमा नर्वे र स्वीट्जरल्याण्ड महिला विश्वकपको दोस्रो चरणमा प्रवेश गरेको छ ।

आइतबार नर्वेले फिलिपिन्स्लाई हराउँदै र स्वीट्जरल्याण्ड र न्युजिल्याण्ड बराबरीमा खेल्दै समूह ए वाट यी दुई राष्ट्र दोस्रो चरणमा प्रवेश गरेको हो ।

न्युजिल्याण्डको एडेन पार्कमा भएको खेलमा नर्वेले फिलिपिन्सलाई ६–०ले हराएको हो । नर्वेको जितमा सोफी रोमन हौगले ह्याट्रिक गरे ।

उनले खेलको छौठौ, १७औं र दोस्रो हाफको अतिरिक्त समयमा गोल गरेका थिए । यस्तै कैरोलाइन ग्राहम हांसेनले ३१ औं मिनेट र गुरो रेटेन ५३ औं मिनेटमा पेनाल्टी मार्फत गोल गर्दा एक गोल उपहार स्वरुप पाए ।

फिलिपिन्स्का एलिसिया बार्करले ४८ औ मिनेटमा आत्माघाटि गोल गरे । ६७ औं मिनेटमा सोफिया हैरिसनले रातो कार्ड पाएर मैदानवाट बिहिरिए पछि फिलिपिन्स् १० खेलाडिमा सिमित भएको थियो ।

यस्तै आइतबार नै भएको अर्को खेलमा स्वीट्जरल्याण्ड र न्युजिल्याण्डले बराबरीमा खेलेको छ ।

समुह ए को अन्तिम खेलमा स्वीट्जरल्याण्ड र न्युजिल्याण्डले गोलरहितको बराबरीमा खेलेको हो ।

योसँगै समूह ए बाट स्वीट्जरल्याण्ड ५ अंक सहित समूह विजेता रहँदै र ४ अंक सहित नर्वे दोस्रो स्थानमा रहँदै दोस्रो चरणमा प्रवेश गरेको छ ।

यस्तै यस विश्वकपवाट आयोजक न्युजिल्याण्ड र फिलिपिन्स् बाहिरिएको छ ।

Categorized in स्पाेर्ट्स