arin enterprises

जोकोभिचले जिते सातौं पटक विम्बल्डनको उपाधि

SamacharDesk | २०७९ आषाढ २७, सोमबार

यस वर्षको विम्बल्डन टेनिसको उपाधि सर्वियाका नोभाक जोकोभिचले जितेका छन् ।

लण्डनको सेन्टरकोर्टमा गएराति भएको खेलमा अष्ट्रेलियाका निक किर्गीयोसलाई ३–१ को सेटमा हराउँदै जोकोभिचले लगातार चौथो पटक तथा समग्रमा सातौं पटक विम्बल्डन जितेका हुन् ।

किर्गीयोस विरुद्धको पहिलो सेट ४–६ ले गुमाएका जोकोभिचले यसपछिका तिन सेट लगातार ६–३, ६–४ र ७–६ ले जित्दै उपाधि पक्का गरे ।

जितसँगे जोकोभिचले सर्वाधिक २२ ग्राण्डस्लाम जित्ने स्पेनिस खेलाडी रफाइल नदालसँगको दुरी घटाएर एक उपाधिमा सिमित गरेका छन् ।

विम्बल्डन टेनिसको यो संस्करणमा सेमिफाइनल खेलपूर्व पेटको समस्याले नदाल प्रतियोगिता छाड्न बाध्य भएका थिए ।

उता महिलातर्फ काजखस्तानकी एलिना रिबाकिनाले जितेकी छिन् ।

लण्डनको सेन्टर कोर्टमा भएको फाइनल खेलमा ट्युनिसियाकी ओन्स जबिउरलाई २–१ को सेटमा हराउँदै रिबाकिनाले उपाधि जितेकी हुन् । जबिउर विरुद्धको खेल रिबाकिनाले ३–६, ६–२ र ६–२ को सेटमा जितिन् ।

जितसँगै रिबाकिना ग्राण्डस्लाम टेनिसको एकलतर्फको उपाधि जित्ने काजखस्तानकी पहिलो खेलाडी बनेकी छिन् ।

Categorized in स्पाेर्ट्स