अब वनड्राइभमा पनि कोपाइलट हुने
SamacharDesk | २०८० फाल्गुण २०, आइतबार

माइक्रोसफ्टले आफ्नो एआई टुल कोपाइलटलाई वनड्राइभमा पनि उपलब्ध गराउने भएको छ । बिहिबार ब्लग पोस्ट लेख्दै माइक्रोसफ्टले क्लाउड स्टोरेज वनड्राइभका लागि कोपाइलट उपलब्ध गराउने जानकारी दिएको हो ।
ब्लग अनुसार आउँदो अप्रिलबाट वनड्राइभको वेब, माइक्रोसफ्ट टिम्समा कोपाइलट उपलब्ध हुने छ ।
कोपाइलटले वनड्राइभमा भएका डकुमेन्टका लागि रिसर्च एसिस्टेन्टका रुपमा काम गर्ने माइक्रोसफ्टले बताएको छ ।
यसले प्रयोगकर्तालाई फाइल खोज्न छिटो र सजिलो बनाउने तथा डकुमेन्टहरू व्यवस्थित गर्न समेत सहयोग गर्ने कम्पनीले बताइएको छ ।
कम्पनीका अनुसार कोपाइलटले डकुमेन्ट खोज्न सहयोग गर्नुका साथै डकुमेन्ट सारांश गर्ने, डकुमेन्टबाट बुँदाहरु बनाउने र डकुमेन्टमा भएका कुनै पनि कुरा सोध्न सकिने छ ।
कोपाइलटले यी सबै काम विशेषगरी अंग्रेजी र मानिसले बोल्ने विभिन्न भाषाहरुमा गर्ने छ ।
माइक्रोसफ्टको ब्लग हेर्न यहाँ क्लिक गर्नुहोस्
Categorized in विज्ञान-प्रविधी