अब ट्वीटडेक चलाउन शुल्क तिर्नु पर्ने
SamacharDesk – आकाश राजोपाध्याय | २०८० भाद्र १, शुक्रबार

ट्वीटरको ट्वीटडेक (एक्स प्रो) फिचर अब पैसा तिर्ने प्रयोगकर्ताले मात्र प्रयोग गर्न पाउने भएका छ ।
यसअघि सबै प्रयोगकर्ताले प्रयोग गर्न पाइरहेको ट्वीटडेक अहिले शुल्क तिर्नु परेको हो ।
हालै एक्समा रिब्रान्ड भएको ट्वीटरको ट्वीटडेक फिचरलाई कम्पनीले एक्स प्रो नाम दिएको यो फिचर प्रयोग गर्न खोज्दा अहिले पप–अप देखिन्छ ।
जसमा प्रयोगकर्तालाई एक्स सब्स्क्रिप्सन लिनुपर्ने उल्लेख गरिएको छ । अब सब्स्क्रिप्सन लिएका प्रयोगकर्ताले मात्रै एक्स प्रो प्रयोग गर्न पाउनेछन् ।
विशेषगरी कन्टेन्ट क्रियटर, पत्रकार, अनुसन्धानकर्ता, सामाजिक सञ्जाल विश्लेषकले यो फिचर प्रयोग गर्दै आइरहेका थिए ।
सन् २०११ मा ट्वीटरले चार करोड डलर तिरेर आफ्नो स्वामित्वमा लिएको ट्वीटडेक फिचर मार्फत प्रयोगकर्ताले ट्वीटरका ट्रेन्डबारे जानकारी लिने गर्थे ।
यो अप्रत्याशित रूपमा गरिएको परिवर्तन भने होइन । यसअघि कम्पनीले जुलाई ३ मा सो फिचर छिट्टै प्रिमियम सब्स्क्राइबरले मात्र प्रयोग गर्न पाउने घोषणा गरेको थियो ।
सामाजिक सञ्जाल विश्लेषकहरुका अनुसार यो अब प्रिमियम सब्स्क्राइबरका लागि मात्र उपलब्ध हुने भएकोले सोसल मिडिया म्यानेजर, पत्रकार र अन्य प्रयोगकर्ताका लागि दुःखद् समाचार रहेको छ।
Categorized in विज्ञान-प्रविधी
