कीर्तिपुर नगरपालिका प्रमुखबाट वडा ७ को अवलोकन
SamacharDesk – बिराजकाजी राजोपाध्याय | २०७७ श्रावण २६, सोमबार

कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले नगरपालिका भित्रको ७ नम्बर वडाको पुरै अवलोकन गर्नुभएको छ ।
गत शनिबार विदाको दिनमा पनि प्रमुख महर्जन नगरका विकास निर्माण कार्यको निरीक्षण भ्रमणमा व्यस्त हुनुभयो ।
महर्जनले वडा नंं ७ को भ्रमण गर्नुहुँदै उक्त वडामा सञ्चालन भैरहेका योजनाको बारे जानकारी लिनु भयो ।
नगर प्रमुख महर्जनले भाजंगालमा हालै स्थापना गरेको भगवान गौतम बुद्धको प्रतिमाबाट नगरको अबलोकन शुरु गर्नुभएको थियो ।
वडाको ५ लाख रुपैंया आर्थिक सहयोगबाट सो प्रतिमाको तलपट्टी एउटा कोठा पनि बनाएको वडा अध्यक्ष राजकुमार मालीले जानकारी गराउनु भयो ।
सो अवसरमा नगर प्रमुख महर्जनले भाजंगाःका महर्जनहरूको दाहसंस्कार गुथिको पनि अवलोकन गर्नुभयो भने त्यहाँबाट विष्णुदेवी मन्दिर, यरवःचा हुँदै स्टील ट्यांकीसम्मै बाटो फराकिलो गर्ने, ढल बनाउने लगायतको योजना अघि बढाउनुपर्ने बताउनुभयो ।
कीर्तिपुर नगरपालिका वडा नं. ७ स्थित उज्वल स्कूलदेखि ११ मिटर चौडाइको दहन जाने बाटो बनाउने योजना सञ्चालन भैरहेको छ भने उक्त बाटोमा हाल पर्खाल बनाउने काम भैरहेको छ ।
निरीक्षण भ्रमणमा कीर्तिपुर नगरपालिका वडा नंं १ का अध्यक्ष हर्ष महर्जन, वडा नंं ७ का अध्यक्ष राजकुमार माली, वडा नं. ७ का सदस्यहरू राजकुमार महर्जन, प्रकाशसाथै स्थानीय वासिन्दाको पनि सहभागीता थियो ।
Categorized in स्थानीय