जबरजस्ती करणीको अभियोगमा एकजना पक्राउ
SamacharDesk – समाचारडेस्क | २०७८ फाल्गुण ८, आइतबार

जबरजस्ती करणीको अभियोगमा बारबर्दिया नगरपालिका–१ जमुनिया बस्ने ४० वर्षीय रामदिन थारुलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी प्रधान कार्यालयद्वारा जारी बुलेटिनमा जनाइएअनुसार ३१ वर्षीया थारु महिलालाई उनकै घरमा जबरजस्ती करणी गरेको भन्ने खबरअनुसार इलाका प्रहरी कार्यालय बानियाँभारबाट खटिएको प्रहरीले उनलाई शनिबार दिउँसो पक्राउ गरेको हो ।
घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Categorized in अपराध