arin enterprises

यार्सागुम्बा र भालुको पित्तसहित एकजना पक्राउ

SamacharDesk – समाचारडेस्क | २०७८ फाल्गुण ८, आइतबार

कृष्णपुर नगरपालिका–५ वनदेवी मन्दिर नजिकबाट ५२४ ग्राम यार्सागुम्बा र ९२ ग्राम तौलको भालुको पित्तसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रधान कार्यालयद्वारा जारी बुलेटिनअनुसार जुम्ला कन्कासुन्दरी गाउँपालिका–६ स्थायी घर भई हाल कैलाली, गोदावरी नगरपालिका–२ अत्तरिया डेरा गरी बस्ने ५७ वर्षीय बृख कामीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र ईलाका प्रहरी कार्यालय गुलरीया कञ्चनपुरबाट खटिएको संयुक्त टोलीले उनलाई २४ ग्राम यार्सागुम्बा र भालुको पित्तसहित फेला पारी पक्राउ गरेको हो ।

अनुसन्धानको क्रममा प्रहरीले उनको कोठाबाट थप ५ सय ग्राम यार्सागुम्बा बरामद गरेको छ ।

Categorized in अपराध