सवारी दुर्घटनामा परी मृत्यु
SamacharDesk – बिकाश | २०७७ भाद्र १८, बिहिबार

पाल्पाको रामपुर नगरपालिका ४ सिताकुण्डस्थित सडकमा एक मिनी ट्रक दुर्घटना भई एक युवकको मृत्यु भएको छ ।
प्रदेश ३ ००१ अ यो ००७१ नम्बरको मिनीट्रक अनियन्त्रित भई सडकबाट करिब एक सय ५० मिटर तल खस्दा मिनीट्रकमा सवार सर्लाही बागमती नगरपालिका ६ बस्ने ३० वर्षीय सन्तोष गहतराज बिकको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका सोही स्थान बस्ने १६ वर्षीय राहुल बिकलाई उपचारको लागि रामपुर अस्पतालतर्फ पठाइएको छ ।
मिनीट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Categorized in समाज