इरानको धार्मिक स्थलमा गोली प्रहार हुँदा एकको मृत्यु
SamacharDesk – आकाश राजोपाध्याय | २०८० श्रावण २९, सोमबार

इरानको धार्मिक स्थलमा गोली प्रहार हुँदा १ जनाको मृत्यु भएको छ ।
इरानको पाँच धार्मिकस्थल मध्ये एक शाह चिरागमा एक बन्दुकधारी व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गर्दा एक जनाको मृत्यु हुँदा आठ जना घाइते भएका छन् ।
बन्दुकधारीलाई प्रहरीले घटना लगत्तै नियन्त्रणमा लिएको छ ।
इरानको फारस सुबे शहरको शाह चिरागस्थित शिया समुदायको धार्मिक स्थलमा प्रवेश गरेका बन्दुकधारीले प्राथना गरिरहेकाहरु माथि गोली प्रहार गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।
यो घटनाको जिम्मेवारी कसैले लिएको छैन् ।
यही धार्मिकस्थलमा सन् २०२२ को अक्टोबरमा भएको बम हमलामा १३ जनाको मृत्यु भएको थियो । जसको जिम्मा इरानको इस्लामिक स्टेट आइएसका सुन्नी चरमपंथीहरुले लिएको थियो ।
Categorized in अन्तर्राष्ट्रिय