जिपको ठक्करबाट एक जनाको मृत्यु
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८० माघ १०, बुधबार

बझाङमा आज (बुधबार) बिहान जिपले ठक्कर दिँदा एक जना पैदलयात्रीको मृत्यु भएको छ ।
बझाङको केदारस्युँ गाउँपालिका–४ तल्लो बजारस्थित सडकमा सु.प.प्र.०१००१ ज १३१६ नम्बरको जिपले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको हो ।
दुर्घटनामा सोही ठाउँ बस्ने ६४ वर्षीया महेश्वरी देबी मल्लको मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएकी उनलाई उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।
Categorized in समाज